दैलेख – दुल्लुनगरपालिकाको बडलम्जीमा रहेको मुस्लिम गाउँका शंकरे मियाँको १२ जहान घर परिवार कुनै बेला काँडे चुरा बेचेर घर परिवारको छाक टार्ने मात्र होईन त्यसैबाट कपडा समेत किन्थे ।
‘४÷५ वर्षदेखी चुरा विकाउनै गाह्रो हुने गरेपछि मुस्किलले विक्रि गराउर्थे मियाँले भने, अहिले बजारमा ल्याईएका विभिन्न खाले चुराले हाम्रो चुरा उद्योग नै बन्द गर्नुप¥यो ।
’ यहा“ मुस्लिम समुदायले बनाएका काडे चुराले गाउँघरतिरका महिलाहरुका नाडी झकिझकाउ हुन्र्थे । ‘चुरा बलियो हुने भएकाले गाउँघरका महिलाहरु कुराहा“मा बनेकोे चुरा खुबै मन पराउथे ।’ विगत सम्झँदै मियाँले भने ।
जिल्लाभित्र मात्र नभई छिमेकी जिल्ला सुखेत, अछाम र कालिकोटका महिलाहरुले पनि आफन्तसंग चिनोको रुपमा कुराहाँमै बनेको चुरा झिकाँउथे । तर कुनै बेला यतिसम्म लोकप्रिय बनेको काँडेचुरा भने आजभोलि चुरा उद्योग बन्द भएपछि हराउने अवस्थामा पुगेको छ ।
कच्चा पदार्थको अभाव हुनु र बाहिरबाट आउने रंगीचगी चुरासंग प्रतिष्पर्धा गर्न नसकेपछि मुस्लिम समुदायका घरेलु चुराका उद्योगहरु बन्द भएका हुन् ।
कुराहाँ गाउँका ८७ मध्ये हाल ५ घरधुरीले मात्र कहिलेकाही मात्र उद्योग चलाउने गर्दछन् ।
नेपाल मुस्लिम संघका अध्यक्ष ईब्राम मियाँले उद्योग बन्द हुनुमा कच्चा पदार्थको अभाव तथा बजार नहुनु मुख्य समस्या भएको बताए । ‘पहिले प्रत्येक घरै पिच्छे काडे चुराका उद्योग थिए ।
यसैबाट गुजारा पनि चलेको थियो ।’ उनले भने, पुर्खौदेखिको सीप बजार अभावका कारण बन्द गर्नुप¥यो ।’ चुरा बनाउन लागि दाउरा, फुटेको चुरा, सिसा, र¨ लगायतका कच्चा पदार्थको आवश्यक पर्दछ ।
‘आकासिदो मुल्य बृद्धिका कारण परिवारमा गुजरा सम्म नहुने भएपछि बन्द नगरेर के गर्नु ?’ अर्का उद्यमी इसाक अलिले भने, हप्ताभन्दा बढि समय खर्चेर कच्चा पदार्थ जुटाएर बनाए पनि चुरा विक्री नै हुदैन् ।’ बाहिरबाट आउने चुरा भन्दा यो साधारण र महंगो भएकाले पनि बजार नपाएको मुस्लिम उद्यमीहरुको भनाई छ ।
वर्षेनी चुरा उद्योग बन्द हुने क्रम बढेपछि समुदायका २५ वर्षका युवा देखि ६५ वर्षसम्मका वृद्धहरु बकर ईद मनाएर पैसा कमाउन भारत जाने गरेको ईब्राम मियाँले बताए ।