☰ open Loading... 19 April 2024|  

क्षेत्र नम्वर १ को क प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवार विजयी, दैलेखको क्षेत्रको ताजा मतपरिणम हेर्नुहोस्
  | २३ मंसिर २०७४, शनिबार १०:३६

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा नेकपा एमाले र माओवादि केन्द्रको बाम गठबन्धनका उम्मेद्वार धर्मराज रेग्मी १०३६१ मत सहित विजयि भएका छन ।

उनका प्रतिशपर्धि काँगेसका जिल्ला सभापति कृष्णकुमार विसी १५९७ मतले पराजित भएका छन् । उनले जम्मा ८७६४ मत प्राप्त गरेका छन् ।

त्यस्तै दैलेख क्षेत्र नम्वर १ को प्रतिनिधि सभामा बामपन्थिका तर्फबाट एमाले जिल्ला अध्यक्ष रबिन्द्रराज शर्मा ९७७७ र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका दिपक शाही ६४२२ ल्याएका छन् । उनीहरु अन्तर ३३५५ रहेको छ ।

निर्वाचन क्षेत्र न १ प्रदेश ख प्रदेशमा बाम गठबन्धनबाट अमर बहादुर थापा १००५३ ल्याएका छन् भने, लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका उम्मेदवार जगतजङ थापा ९०६५ मत ल्याएका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्वर २ को प्रतिनिधि सभामा बाम गठबन्धनका राजबहादुर बुढाले ५५०२ मत ल्याएका छन् भने काँग्रेसका शिवराज जोशीले ४५४७ मत ल्याएका छन् । उनीहरु विच ९५५ मत अन्तर छन् ।

२ कै प्रदेश क मा बाम गठबन्धनका सुशील थापाले ६२६० मत ल्याएका छन् भने लोकतान्त्रिक गठबन्धनबाट मधुरविक्रम खनालले ४४६२ मत ल्याएका छन् । उनीहरु विच १७९८ अन्तर छ । ख प्रदेशबाट बामका राज बहादुर शाही ४२६९ मतले आगाडी छन् भने, लोकतान्त्रिकका दिक्पाल शाही ३५२६ मतले पछाईरहेका छन् । उनीहरुविच ७४३ मत अन्तर छ ।