☰ open Loading... 20 April 2024|  

दैलेख क्षेत्र नम्वर १ को प्रदेश ख मा थापा विजयी
  | २३ मंसिर २०७४, शनिबार १३:१२

 

दैलेख – दैलेख निर्वाचन क्षेत्र नम्वर १ ख प्रदेश सभाका लागि बाम गठबन्धनबाट उम्मेदवार अम्मरबहादुर थापा विजयी भएका छन् । थापाले १२ हजार ५ सय ६७ प्राप्त गरि विजयी भएका हुन् ।

उनीले एमालेबाट उम्मेदवारी दिएका हुन् । उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका जगतजंग थापाले १० हजार ५ सय ८५ मत प्राप्त गरे । १९ सय ८२ मत अन्तरले विजयी भएका हुन् ।

विजयी थापा यसअघि २०७० संविधानसभा निर्वाचनमा विजयी सभाषद् हुन् । पराजय भोगेका थापा पनि यसअघि काँग्रेसका जिल्ला पार्टी सभापति हुन् । दैलेखका २ प्रतिनिधिसभा र ४ प्रदेशसभामा बाम गठबन्धनले जित्ने पक्का जस्तै देखीएको छ ।