☰ open Loading... 26 April 2024|  

प्रदेशसभामा बाम गठबन्धनका शाही विजयी
  | २३ मंसिर २०७४, शनिबार १६:३९

दैलेख निर्वाचन क्षेत्र नम्वर २ ख प्रदेशसभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार राजबहादुर शाही विजयी भएका छन् । उनले ११ हजार ४ सय ४५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका दिक्पाल शाहीले ८ हजार ४ सय ६६ मत प्राप्त गरे । शाहीले २९ सय ८९ मत अन्तरले विजयी भएका हुन् ।