पार्वती बस्नेत
दाङ । गार्इ कोटेको अभियोगमा दाङमा सातजना पक्राउ परेका छन् । दाङको राजपुर गाउँपालिका वडा नं. ७ मा तीनवटा गाइ काट्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले बताइन ।
स्थानीय ३९ बर्षीय विरसिंह थापासहित सात जना पक्राउ परेको र त्यसमा तीन महिला र चार पुरुष रहेका उनले बताइन । एकजनाको मात्रै नाम खुलाइएको भएपनि अन्यको नाम भने सार्वजनिक गरिएको छैन ।
घटनास्थलवाट एकथना भरुवा बन्दुक समेत बरामद भएको एसपी सिंहले बताइन । ‘गाइ काटेर सुकटी बनाउने र त्यस्लाई जरायोको सुकुटी भनि विक्रि गर्दा रहेछन् ।’ एसपी सिंहले भनिन् । पक्राउ परेका व्यक्तिका बारेमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
अस्थायी प्रहरी पोष्ट डगरामबाट असई गोविन्दबहादुर थापाको कमाण्डमा गएको गस्ति टोलीले गाइ काटिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । मंसिर २३ गते बेलुका सात बजेतिर उनीहरु पक्राउ परेका थिए ।