☰ open Loading... 24 November 2024|  

‘जुम्लामा ६ नम्बर प्रदेशको माैसमी राजधानी बनाउन पहल गर्छु’
  | २८ मंसिर २०७४, बिहीबार १२:०७

सागर परियार
जुम्ला ।
संघिय संरचना अनुसार अब बन्ने प्रादेशिक राजधानीका लागि ६ नम्बर प्रदेशको केन्द्र सुर्खेतमा नै रहने लगभग पक्का पक्की भईसकेको छ । प्रादेशिक राजधानीका लागि सुर्खेतमा पुर्वाधार खाेजेर संसदकाे पहिलाे बैठक बसाल्ने तयारी गरिएकाे छ । पहलाे बैठक सुर्खेत वीरेन्द्रनगरस्थित शैक्षिक तालिम कैन्द्रको भवनमा बस्दैछ ।

नयाँ संरचना तयार नहुन्जेल सम्म ६ नम्बर प्रदेशको संसद भवन सुर्खेतको शैक्षिक तालिम केन्द्रमै रहने छ । सरकारले ७ वटै प्रदेशका मुख्य केन्द्र पनि तोकिसकेको छ । तर पनि सरकारले अहिले तोकेका प्रादेशिक केन्द्रहरुलाई अन्तिम मान्न नसकिने चर्चा चलिरहेका बेला जुम्लाका निर्वाचित सांसद नरेश भण्डारीले जुम्ला ६ नम्बर प्रदेशको माैसमी राजधानी हुने बताएका छन् ।

जुम्ला क्षेत्र १ ‑क) बाट बहुमत ल्याई विजयी भएका भण्डारी जुम्ला वर्षे राजधानीका लागि आफु डटेर लड्ने बताउनु हुन्छ । विजयी पछि मतदातालाई सम्बोधन गर्दै भण्डारीले आफ्नो मुख्य एजेण्डा नै जुम्ला वर्षे राजधानी स्थापना रहेको बताए । १ वर्षमा ६ महिना सुर्खेत राजधानी र ६ महिना जुम्ला राजधानी हुन्छ । उनले भने जुम्ला वर्षे राजधानीको प्रस्ताव जुम्लाका तिनै सांंसदको प्रथामिकतामा छ ।

६ नम्बर प्रदेशमा वर्षे र हिउदे राजधानी बन्छ सासद भण्डारीको दाबी छ । प्रत्यके वर्षको कार्तिक १ देखि चैत २९ सम्म सुर्खेत र बैशाख १ देखि असोज २९ सम्म जुम्ला राजधानी संचालन हुने कर्णालीमा चर्चा चलिरहेको छ । मुख्य मन्त्रीका दाबेदार समेत रहनु भएका सांसद भण्डारी बाम गठबन्धनकाबाट माओबी केन्द्रका उम्मेदवार हुन । जुम्ला वर्षे राजधानी स्थापना पश्चात कर्णालीका दुखका गित लेख्ने दिनहरु विलय हुने उनको तर्क छ ।

वर्षे राजधानीका लागि पुर्वधार के ?

पुर्वधारको अभावमा जुम्ला वर्षे राजधानी होला त ? भन्ने प्रश्नहरु व्यापक छन् । सरकाले प्रादेशिक केन्द्र तोकेका क्षेत्रमा पनि पुर्वधार व्यवस्थापनमा निकै सकस भईरहेको अबस्था छ । जुम्ला ६ नम्बर प्रदेशको वर्षे राजधानी को प्रस्ताव अघि सारेका सांसद भण्डारीले पुर्वधार व्यवस्थानका बारेमा पनि उतिकै गम्भीर हुनु पर्ने जुम्लाबासीको सुझाब छ ।

सम्भावानका बिच पनि विकास बाट उपेक्षित कर्णालीको जुम्लामा वर्षे राजधानीको प्रस्ताव ल्याउनु स्वागत योग्य कुरा हो । तर बिना पुर्वधार राजधानीको परिकल्पना गर्नु सम्भव नभएको पनि धेरैको बुझाई छ । जुम्लामा मन्त्री बस्ने तथा संसद भवनको लागि उपयुक्त भवन छैनन् । सम्भवना भएपनि निमार्णका लागि वर्षौ लाग्न सक्छ ।

त्यसैले संघिय संरचनाको पहिलो अभ्यासमा अनुरुप संघ र प्रदेश सभाको निर्वाचन पछि हुने पहिलो प्रादेशिक राजधानी जुम्लामा बिना पुर्वधारको कति सम्भव होला त । हेर्न बाँकी छ । निश्चित भिजन र मिसन बोकी अघि बेढका उम्म्ेदवारलाई जुम्ली जनताले विश्वास गरी जिताएर पठाएका छन् ।

जुम्ला वर्षे राजधानी हुने वा त्यो प्रस्तावलाई निर्णयर्थ बनाउने हो भने पुर्वधारको खोजीकार्य अहिलेबाटै थालनी गर्नुको विकल्प छैन् । जुम्ला वर्षे राजधानीका प्रस्ताव ल्याउने निर्वाचित सांसद नरेश भण्डारीले काँग्रेसका राजुसिंह कठायतलाई ४ हजार ३९ मतान्तरले पछि पार्दै विजयी हात पार्नु भएको हो ।

भने कठायतले ८ हजार ५३४ मत पाउनु भएको थियो । भने भण्डारीले १२ हजार ५७४ मत ल्याई विजयी हुनु भएको हो । अहिले जुम्लामा वर्षे राजधानीको विषयले निकै चर्चा पाएको छ ।