सम्पन्न हुन बैशाख कुनुपर्ने
सुर्खेत । देश प्रान्तीय संरचनामा रुपान्तरण भइसकेको छ । समृद्ध मुलुक बनाउने अठोट निर्वाचित सांसद्हरुले गरिसकेका छन् । प्रदेश नम्बर ६ को अस्थायी राजधानी समेत वीरेन्द्रनगरमा निर्धारण गरिसकीएको छ । केही हप्तामै प्रदेशको पहिलो वैठक वीरेन्द्रननगरमा बस्दैछ । प्रदेश राजधानी घोषित सुर्खेतमा भरपर्दो वसपार्क छैन्भन्दा आश्चर्य लाग्न सक्छ । तर सुर्खेतमा बस पार्क निर्माणको प्रक्रिया दुई दशक वित्दा पनि अस्थायी बसपार्कमै काम चलाउमा सीमित छ ।
२०५४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित नेतृत्वको कार्यकालपछि सिटी बसपार्कको चर्चा शुरू भएको थियो । तत्कालीन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख बालाराम शर्माले सिटी बसपार्क निर्माणका लागि पहल थालेका थिए । नगर विकास समितिले गत वर्षदेखी वीरेन्द्रनगर नगरपालिकालाई निर्माणको निर्देशनअनुसार काम अघि बढाएको थियो ।
भ्याटबाहेक ६ करोड ८३ लाखमा उक्त कम्पनीसँग ठेक्का सम्झौता भएपछि सिटी बसपार्क निर्माण शुरू गरिएको हो । तर वीरेन्द्रनगरको मंगलगढी चौक नजिकै निर्माणाधिन बसपार्क वर्षौ वित्दा पनि पूर्णता पाउन सकेन् । नाकाबन्दी, निर्माण सामग्रीको अभाव र मौसमको समस्या देखाउँदै बसपार्कले निर्माण व्यवसायीले समयावधि लम्वाइरहेको छ ।
समयमै वसपार्क निर्माण नहुँदा मंगलगढीस्थित अस्थायी बसपार्कमा सवारी चाप बढ्दा दुर्घटनाको त्रास बढेको छ । लामो समयसम्म पनि बसपार्क निर्माणमा सरोकारवाला निकाय मौन हुनु दुखद् भएको यातायात व्यवसायीहरुले बताएका छन् ।
तर बसपार्क निर्माणमा पनि नगरपालिकाले उदासिन देखाउँदा पूर्णता पाउन सकेको छैन् । निर्माणाधिन वसपार्कमा वाल निर्माण र सटरको काम सम्पन्न भएपनि अन्य काम लथालिंग छ । बसपार्क निर्माणको जिम्मा लिएको चाङ्गमीला नरसिंह–जे.भी.ले अहिले काम रोकेको छ । नगरपालिकाले दशैं अगावै काम सम्पन्न गरेर नयाँ बसपार्क सञ्चालनमा ल्याउने उद्घोष गरेपनि हालसम्म मैदान कालोपत्रे र फिनिसिङ्ग गरिएको छैन् ।
कुल ६ करोड ८२ लाखमा ५५ लाख रकम थप गरिएको थियो । दुई वर्षको अघि र अहिले निर्माण सामग्रीको मुल्यमा फरक आएको भन्दै थप ३२ लाख रकम थप्न माग गरिएको छ । बसपार्क निर्माणमा हालसम्म करिव ४ करोड खर्चिएको छ । वीरेन्द्रनगर नगरपालिकाका ईन्जिनियर विशाल अधिकारीले आगामी वैशाखसम्मका काम सम्पन्न गर्नेगरी निर्माण व्यवसायीलाई ताकेता गरेको जानकारी दिए ।
केही प्राविधिक जटिलताका कारण निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै उनले चार महिनामै काम सम्पन्न हुने उल्लेख गरे । बसपार्क निर्माणमा आफूहरु गम्भीर रहेको भन्दै निर्माण व्यवसायीलाई जसरी पनि काम सम्पन्न गर्न निर्देश्न दिने बताए । बसपार्कमा हालसम्म ५६ अस्थायी टहरा, गार्डेन निर्माण र वाल निर्माणको कार्य सम्पन्न गरिएको छ ।
बसपार्क भित्र यात्रुहरुलाई बस्न छुट्टा छुट्टै टर्मिनल भवन, गाडी मर्मतका लागि वर्कसप भवन, टिकट काउन्टर, महिला र पुरुष शौचालय, २ वटा गेट रहनेछन् । निर्माधिन बसपार्कमा ९० साना ठुला बस अट्ने क्षमताको हो ।