सुर्खेत । गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि. छिन्चु सुर्खेतले आफ्नो २० औ बार्षिक उत्सब आज आइतबार विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।
संस्थाले शेयर सदस्यहरुका २ सय ७४ जना ७० बर्षदेखि माथीका बृद्धबृद्धा अभिभावकहरुलाइ तातोमा ओढ्न मिल्ने पछेउरी वितरण गर्नुका साथै मिष्ठान्न भोजन गराइएको संस्थाका व्यवस्थापक हिरालाल घर्तिले जानकारी दिएका छन् ।
दिनप्रतिदिन चिसो बढ्दै गएकाले शेयर सदस्य तथा शेयर सदस्यहरुका अभिभावक बृद्धबृद्धाहरुलाइ न्यानोको लागी भन्दै दोसल्ला अर्थात पछेउरी वितरण गरिएको व्यवस्थापक घर्तिले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत वि.सी.ले गंगामाला सहकारीले अन्य सहकारीहरुले भन्दा फरक तरिकाबाट उत्कृष्ट कामहरु गर्दै आइरहेको जानकारी गराउँदै चिसो मौसममा बृद्धबृद्धाहरुलाइ न्यानो कपडा वितरण गरेकोमा संस्थालाइ धन्यवाद व्यक्त गर्दै खुशि व्यक्त गरे ।
आगामी दिनहरुमा पनि यस संस्थाले समुदायको विकास तथा शेयर सदस्यहरुको विकासमा थप सहयोग गर्दै जानेमा उनले विस्वास दिलाए ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका अध्यक्ष वि.सी.ले नेपाल सरकारले बृद्धबृद्धाहरुलाइ गरिएको जुन व्यवहार छ त्यसको सेवा सुविधाहरुलाइ अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विश्वकर्मा बाबा कृषि तथा पशुपालन सहकारीका प्रतिनिधी लोकसिंह दमाई, साना किसान महिला सहकारीका कोषाध्यक्ष यशोदा सिंह, दिगो शान्ती नवज्योती सहकारीका अध्यक्ष खगिसरा नेपाली, शुभ विहानी जडिबुटी कृषि सहकारीका अध्यक्ष गणेश वली, लगायत विभिन्न संघ सस्थाका प्रतिनिधी तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
संस्थाका सचिव गोकर्ण बहादुर गुरुङले सञ्चालन गर्नृभएको बार्षिक उत्सव कार्यक्रम संस्थाका अध्यक्ष यज्ञप्रसाद ढकालको सभापतित्वमा सम्पन्न भएको हो ।