☰ open Loading... 20 April 2024|  

स्थानीय सरकारलाई विकास र साधनश्रोत सम्पन्न बनाउने छु : शाही
  | ३ पुष २०७४, सोमबार ११:४२

नाम : राजबहादुर शााही
उमेर : ४९वर्ष
पद : प्रदेश सदस्य
विजयी भएको जिल्ला र प्रदेश : दैलेख २ ख प्रदेशसभा
शैक्षिक योग्यता : विए
सम्बद्ध राजनीतिक दल :  नेकपा एमाले
विगतको पृष्ठभूमि : २०३९ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघको सदस्यता लिएर विभिन्न कमिटिमा काम गर्दै राजनितिमा यात्रा सुरु । २०४५ देखी २०४७ सम्म महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा क्याप्पस ईकाई अध्यक्ष । २०४५ सालमा नेपाल मजुदर किसान पार्टीको सदस्यता लिएर काम गर्न थालेको ।

२०४६ को जनआन्दोलनमा बहुदलको पक्षमा प्रचारप्रसार गरेको र आन्दोलनमा सहभागी भएको भन्दै नेपालगंजमा जेल । २०४९ साल निर्वाचनपछि जिल्ला कमिटि सदस्यका रुपमा रहेर काम गरेको । २०५२ साउन १० नेपाल मजदुर किसान पार्टी दैलेख नेकपा एमालेमा जिल्लामा एकिकरण । एकिकरणपछि एमालेको जिल्ला कमिटि सदस्यका रुपमा काम गरेको । २०५४ स्थानीय चुनावमा तोलिजैसी गाविस अध्यक्षमा निर्वाचित ।

२०५४ मै गाविस राष्टिय महासंघ दैलेखको अध्यक्षको रुपमा काम गरेको । २०५२ सालदेखी २०६९ साल जिल्ला कमिटिमा काम गरेको । त्यसपछि अञ्चल समन्वय कमिटिमा सदस्य २०६९ बाट काम गरेको । त्यसपछि कुनै पनि पदमा नबसी त्यागी नेताका रुपमा जिल्लामा पार्टीको काम, अभियानमा सक्रिय भएर लागेको र प्रदेश सभामा अहिले विजयी भएका हुन् ।

१) विजयी भएपछि कस्तो अनुभव भएको छ ?
– निर्वाचित भईसकेपछि जिम्मेवारी बोध भएको छ । जनताले यतिधेरै विश्वास गरेर मत मतदिए । यसको सधै म ऋणी हुनेछु । चुनौती धेरै पार गर्नु छ । लड्नु छ । जिल्लाबासीहरुप्रति सधै जिम्मेवारी बोध हुनेछु ।

२) तपाइले आफ्नो जिल्ला÷क्षेत्रको कासका लागि तत्काल गर्ने तीनवटा काम के–के हुन ?
पहिलो कुरा प्रदेशको सरकार बनाएपछि मेरो क्षेत्रमा पर्ने स्थानीय सरकारलाई साधनश्रोत सम्पन्न र अधिकार सम्पन्न बनाउने नै प्रमुख ध्यान हुनेछ । त्यसपछि निर्माण सम्वधी काममा हुनेछन् । जसमा सानादेखी ठुला ठुला कामहरुको अध्यायन गर्ने । कार्यान्वयनमा लैजाने कार्ययोजनाहरु हुनेछ । पुर्वाधार निर्माण नै प्रमुख लक्ष्य रहनेछ ।त्यसपछि प्राथमिकरणका आधारमा पूर्वाधारहरुको विकास गर्ने सोच बनाएको छु । परियोजना सञ्चालनमा ल्याएर रोजगारीका अवसरहरु दिने र कृषिको ब्यवसायीककरण गरेर आत्मनिर्भर आर्थिक स्थिति बजबुध गराउने नै ध्यान केन्द्रित हुनेछ । यहाँका खानीहरु उत्खनन् गर्ने र यूवाहरुलाई रोजगारी अवसरहरु दिनका लागि कार्ययोजना बनाएर काम गर्नेछु ।

३) मतदातालाई तपाइ के भन्न चाहनुहुन्छ ?
सवैले सहयोग ब्यक्त गर्नु भो धन्यावद । हामीले गरेको कुरालाई राम्रो मानेर मत दिएर जिताएको सवै मतदातालाई धन्यवाद दिन चाहन्छु ।