☰ open Loading... 23 November 2024|  

प्रदेश ६ को राजधानी सुर्खेत निर्विकल्प : रेग्मी
  | ३ पुष २०७४, सोमबार १८:१३

सुर्खेत । प्रदेश नम्बर ६ को राजधानी सुर्खेत नै हुने सांसद धर्मराज रग्मीले बताएका छन् । दैलेख प्रदेश सभा १ (क) बाट निर्वाचित सांसद रेग्मीले सुर्खेतमा प्रदेश राजधानी बनाउने विषयमा अनावश्यक बहस गर्नु गलत भएको पनि बताएका छन् ।

मौसमी राजधानी जुम्ला बनाउने भन्ने सवाल तार्किक नभएको बताएका उनले सवै पक्षबाट उपयुक्त र निर्विकल्प सुर्खेत भएको उल्लेख गरे । ‘खस मल्ल राज्य जस्तै जाडो छल्न दैलेख झर्ने र गर्मी बढे जुम्ला जाने गर्नु ठिक हैन’ रेग्मीले भने,–‘स्रोत साधन तत्काल जुम्लामा निर्माण गरेर राजधानी बनाउन सम्भव देखिदैन् त्यसैले सुर्खेत नै प्रदेश राजधानीको उपयुक्त ठाउँ हो ।’

विरालोको छाउरा सारेजस्तो राजधानी सार्नु सवल पक्ष नभएको बताएका उनले अहिलेलाई दश जिल्लाको सहज आउतजावत भएको सुर्खेतमा राजधानी बनाउन कुनै समस्या नभएको बताउँछन् ।

कानुनविद समेत रहेका सांसद रेग्मीले जनमत परिवर्तन भइसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्वत राजिनामा दिनुपर्ने बताए । संविधान र राजनीतिमा कुनै समस्या नभएको भन्दै उनले थपे,–‘नैतिकता बचाउँन प्रधानमन्त्रीले स्वत राजिनामा दिनु उपयुक्त हुन्छ ।’

सरकार कामचलाउ अवस्थामा रहेकाले अव हुने नियुक्ती सरुवा जस्ता निर्णयलाई नया“ बन्ने सरकारले उल्ट्याउन सक्ने अधिकार भएको बताए ।

‘प्रदेश प्रमुख तोक्ने कार्य चुनाव अगावै र मतगणनाको नतिजा अगाडी गरेको भए अहिले जटिलता उत्पन्न थिएन्’ रेग्मीले भने,–‘अव प्रधानमन्त्री देउवाले विवादित हुने काम गर्नुभन्दा सहज रुपमा सरकार छाड्नु नै उपयुक्त हुन्छ ।’ राष्ट्रिय सभा गठन नभएपनि नयाँ सरकार गठनमा कुनै जटिल नरहेको समेत उनले स्पष्ट पारे ।