सुर्खेत । जिल्ला खेलकुद विकास समितिले बहुद्देश्यीय कवर्ड हल निर्माणका लागि जिल्ला ब्याटमिन्टन संघलाई जग्गा हस्तारक्ष गरेको छ । विहिबार एक पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला खेलकुद विकास समितिले ब्याटमिन्टन संघलाई चार कट्टा जग्गा हस्तान्तरण गरेको हो ।
कवर्ड हल निर्माण लागि छात्राबास भन्दा पछाडीको जग्गा हस्तान्तरण गरिएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुर्खेतका अध्यक्ष चन्द्रकुमार गिरीले प्रदेश स्तरीय नमुना कवर्ड हाल निर्माण लागि जग्गा हस्तान्तरण गरिएको उनले बताए । अबको केही वर्ष भित्रमै कवर्ड हल निर्माण हुने उनले बताए ।
ब्याटमिन्टन संघ सुर्खेतका उपाध्यक्ष चेत अधिकारीले जग्गाको कारणले गर्दा निर्माण कार्य ढिलाई भएको बताए । अबको केही समयमै निर्माण कार्य सुरु हुने उनले उनले जानकारी दिए ।
कवर्ड हल निर्माण लागि गत वर्ष कात्तिक २५ गते देखि मंसिर २ गतेसम्म मध्यपश्चिम धार्मिक महोत्वस लगाईएको थियो । धार्मिक महोत्सवबाट जिल्ला व्याटमिन्टन संघले १ करोड ७५ करोड रकम उठाएको थियो । जसमध्य सबै खर्च कटाई १ करोड ३० लाख मौज्दात रहेको उपाध्यक्ष अधिकारीले जानकारी दिए ।