सुर्खेत । बराहताल गाउँपालिकाकाे कुनाथरीबाट मतदातालार्इ धन्यवाद दिन शुरू गरेका विजयी सांसदले पाँच वर्षमा पश्चिम सुर्खेतमा देखिने विकास गर्ने प्रतिद्धता जनाएका छन् ।
प्रतिनिधि सभा २ का सांसद नवराज रावत र प्रदेश सभा २ (ख) का सांसद विन्दमान विष्टले अवकाे पाँच वर्षमा पश्चिम सुर्खेतकाे विकासमा कायापलट गर्ने दावी गरेका हुन् ।
प्रतिनिधि सभा २ का संसद रावतले पश्चिम सुर्खेतको समग्र बिकासका लागि आफुले सक्दो काम गर्ने बताएका छ्न । उनले पश्चिमको सडक राष्ट्रिय स्तरको बनाउने, राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न, अपर कर्णाली, बेतान हाइड्रोपावर, पर्यटकिय क्षेत्र, भेरी कर्णाली र्याफ्टिङ, चौकुने सिमेन्ट खानी, कृषिको आधुनिकीकरण, युवा लक्षित कार्यक्रम, जेष्ठ नागरिक, महिला तथा बालबालिका, असाय अपाङ्ग सहयाता जस्ता कार्यक्रमलाइ प्राथमिकतामा राखेकाे जोड दिए ।
प्रदेश सभाका सांसद बिष्टले देशको आर्थिक बिकास र समृद्धि अब बाम गठबन्धनले मात्र गर्ने भन्दै पश्चिम सुर्खेतकाे विकासका लागि कुनै कसर बाकी नराख्ने उद्घाेष गरे । पश्चिम सुर्खेत बिकासमा पछि परेको र अब यहाँको विकास गर्न अाफू कटिवद्ध हुने जिकीर गरे ।
मतदातालाइ धन्यवाद दिन कुनाथरीबाट शुरू गरिएकाे अभियान सालकोट, बाबियाचौर, तातापानी, घाटगाउ, गुटु, बिजौरा, लगाम, बेतान, बिद्यापुर, पोखरिकाडा, लामाखाली, नयाँवन, हासेगाउँ, साजगाट,तरंगा, हरिहरपुर, पाक्म, रानिघाट, लेखगाउ हुँदै गढि आएर कार्यक्रम समापन गरिएकाे थियाे ।
अभियानमा नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव मोहन बडुवाल, जिल्ला सचिवालय सदस्य घनश्याम पाण्डे, इन्द्र केसि, हरि अधिकारी, नेता देवीराम भुसाल, तारा केशर गौतम, ओम महतारा, डम्मर गरन्जा, माओवादी केन्द्रका नेता खड्क बिक, ईश्वर भक्त सुनार, अखिल सुर्खेतका पुर्व अध्यक्ष प्रेम खड्का, युवा संघ सुर्खेतका प्रचार बिभाग प्रमुख नन्दराम खनाल लगायतका नेताहरु सहभागी थिए ।