☰ open Loading... 2 May 2024|  

कालीकाेटमा म्यादी प्रहरी माथि प्रहरीकाे दमन, एककाे मृत्यु
  | ७ पुष २०७४, शुक्रबार १६:४१

सुर्खेत । कालीकाेटमा सामान्य रूपमा अान्दाेलन गरेका म्यादी प्रहरी माथी प्रहरीले अन्धाधुन्ध गाेली चलाएकाे छ । म्यादी प्रहरीकाे रासनमा बढी रकम कटाैती गरेकाे भन्दै उनीहरूले कालीकाेटकाे सदरमुकाम मान्म बजारमा अान्दाेलन गरेका थिए ।

तस्वीर साैजन्य : कृष्णप्रसाद बराल

तर कालीकाेट प्रहरीले अन्धाधुन्ध गाेली चलाउँदा सान्नी त्रिवेणी गाउँपालिकाका विवेक एेडी उपचारकाे क्रममा एेडीकाे मृत्यु भएकाे छ । गम्भीर घाइते एेडीकाे कालीकाेट अस्पतालमा उपचारका लागि लगिएकाे थियाे ।

अन्य कति घाइते छन् भन्ने एकिन विवरण नअाए पनि दर्जनबढी घाइते छन् । एेडीकाे टाउकाेमा गाेली लागेकाे पत्रकार खगेन्द्र भट्टराइले जानकारी दिए । उनका अनुसार कालिकाेट सदरमुकाम मान्म बजार तनावग्रस्त छ । प्रहरीले दमन गरेकाे भन्दै म्यादी प्रहरीले प्रहरी विट ताेडफाेड गरेका छन् भने प्रहरीकाे भागेका छन् ।

जिल्ला प्रशासनले अवस्था सामान्य पार्न सर्वदलिय वैठक शुरू हुन लागेकाे जनाएकाे छ । कर्फ्यु  लगाउने स्थित भएकाे छैन्, तर अान्दाेलन उग्र भए कर्फ्यु लगाउने विषयमा छलफल भइरहेकाे पनि प्रशासनकाे भनाइ छ ।