बुद्धिमान पुन
सल्यान । यहाँकाे काँरागिठीमा बालबिबाह गर्नेहरुको संख्या धेरै पाईएको छ । स्वास्थ्य चौकी काँरागिठीले दिएको तथ्यांङ्क अनुसार काँरागिठीमा २० बर्षमुनीका सुत्केरी हुन आउनेहरुको संख्या धेरै रहेको छ । यसरी स्वास्थ्य चौकीको तथ्यांङ्क अनुसार यस साविकको गाबिसमा बालबिबाह धेरैले गर्ने गरेको स्थानीय बताउँछन् ।
काँरागिठी स्वास्थ्य चौकीमा अायाेजित बहस कार्यक्रममा आर्थिक बर्ष २०७३।०७४ मा सुत्केरी भएका महिलाहरु मध्ये झण्डै ३३ प्रतिशत २० बर्ष मुनीका रहेकाे खुल्याे । आर्थिक बर्ष २०७३÷०७४मा स्वास्थ्य चौकीमा जम्मा ३५ जना सुत्केरी भएकोमा १२ जना बीस बर्षमुनीका छन् ।
बहस कार्यक्रममा सेवाग्राहीले स्वास्थ्य चौकीको भौतिक स्तर उन्नतीको साथै यस स्वास्थ्य चौकीमा २० बर्ष मुनीका सुत्केरी हुन आउनेहरु संख्या धेरै रहेको बताउदैँ जनचेतनामुलक अभियान सञ्चालन गर्न आग्रह गरेका थिए । करिब एक महिना देखी अस्पतालमा बिग्रीएको सौर्य बत्ती मर्मत गर्न माग राखे भने नागरिक वडापत्र बाहिर राख्न, सुझाव पेटिकाको ब्यबस्था गर्न, कर्मचारी नियमित गर्न पनि आग्रह स्थानीयकाे छ ।
स्वास्थ्य चौकी ईन्चार्ज दिपेन्द्र चौधरीले साबिकको यस गाबिसमा जनचेतनामुलक कार्यक्रम अभियान सञ्चालन गर्ने बताउदैँ करिब एक महिना देखी अस्पतालमा बिग्रीएको सौर्य बत्ती तत्काल मर्मत गरेर सुचारु गर्ने प्रतिबद्धता ब्यक्त गरे । साथै उनले स्वास्थ्य चौकी भित्र देखिएका हरेक आन्तरिक समस्या अबको एक हप्ता भित्र समाधान गर्ने बताए ।
त्रिबेणी गाउपालिका अन्र्तगत स्वास्थ्य शाखा संयोजक प्रभात कुमार श्रेष्ठले गाउपालिकाको स्वास्थ्य शाखाले गाउपालिका भित्रका हरेक स्वास्थ्य संस्थालाई आबश्यक पर्ने सबै प्रकारका औषधि, उपकरण खरिद गरेर सबै स्वास्थ्यमा पठाएको बताए ।
स्वास्थ्य क्षेत्रमा त्रिबेणी गाउपालिकालाई नमुनाको रुपमा चिनाउन तथा गर्भबती महिलाहरुलाई पोषण सम्बन्धी ज्ञान दिन गर्भबती जाँच गरेर फर्कदा नि:शुल्क एक पोका आयोडिन नुन दिने गरेको बताए । ‘स्वास्थ्य चौकीमा आएर सुत्केरी भएमा गाउपालिकाकोतर्फ बाट छुट्टै पाँच सय दिने ब्यबस्था गरेका छौँ’– उनले भने ।
त्रिबेणी गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष मेघराज रोकाले काँरागिठी स्वास्थ्य चौकीको भौतिक तथा आन्तरिक ब्यबस्थापनको लागी यस बर्ष ५ लाख रुपैयाँ छुट्याईएको बताए । उनले वडा भित्र रहेका हरेक स्वयमसेबिकाहरुको लागी आफ्नो ब्यक्तिगत रुपमा बार्षिक १ हजार रुपैँयाका दरले रकम उपलब्ध गराउने प्रतिबद्धता पनि ब्यक्त गरे ।