| ८ पुष २०७४, शनिबार १७:२१
सुर्खेत । पश्चिम सुर्खेतकाे पञ्चपुरीमा अायाेजना गरिएकाे स्वास्थ्य शिविरबाट एक सय बढी लाभान्वित भएका छन् । पञ्चपुरी ४ मा अायाेजना गरिएकाे शिविरमा १६१ जना नागरिककाे स्वास्थ्य परिक्षण गरिएकाे हाे ।
शिविरमा हेपाटाइटिस, सुगर, ब्लड प्रेसर, दाँत, जनरल जाँच तथा दाँत निकाल्ने सेवा समेत दिइएको सुन्दर नेपाल संस्थाका कार्यक्रम अधिकृत टिकाराम ढकालले जानकारी दिए । कार्यक्रममा ९५ महिला र ६६ पुरुष गरि १६१ जनाले सेवा लिएका थिए ।
वावियाचाैर स्वास्थ्य चाैकी, सुन्दर नेपाल संस्था सुर्खेत र वडा कार्यालय ४ को समन्वय तथा ग्रामीण एकता युवा समुहको सह-आयोजनामा गरिएकाे शिविरमा अार्थिक सहयाेग युएसएड/साझेदारी विकास परियोजनाले गरेकाे हाे ।