☰ open Loading... 20 September 2024|  

मिस सुर्खेतकाे वर्षाेत्सवमा ‘मिस सुर्खेत सिजन टु’ काे घाेषणा
  | ८ पुष २०७४, शनिबार १७:४९

सुर्खेत । मुन मिडिया हाउसले मिस सुर्खेत अायाेजना गरेकाे पहिलाे वर्ष पूरा गरेकाे छ । शनिवार वीरेन्द्रनगरमा वर्षाेत्सव मनाइरहँदा मुन मिडिया हाउसले लगत्तै मिस सुर्खेत सिजन टु काे घाेषणा गरेकाे छ ।

वर्षाेत्सवमा खुसी साटासाट गर्न हाउस पदाधिकारीसहित सन् २०१७ का विजेता रन्जिता केसी, फस्ट रनरअफ एकता देवकोटा र सेकेण्ड रनरअफ मन्जुश्री लम्साल सहभागी थिए ।

पहिलो संस्करणमा भन्दा राेचक, सभ्य र भव्य बनाउन तयारीलाई तिव्र पारेको मुन मिडिया हाउसका अध्यक्ष विजय खत्रीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

मिस सुर्खेत सिजन २ को फारम खुला शनिवारदेखी नै गरेकाे छ । ‘एक महिनासम्म फर्म अवधि ताेकेका छाैं लगत्तै सिजन अडिसन सुरु गर्छाैं’ अध्यक्ष खत्रीले भने,-‘प्रतियोगीता मोडलिङ क्षेत्रमा अघि बढ्न चाहनेहरुको लागि कोशेढुङ्गा बन्ने विश्वास लिएका छाैं ।’

अडिसनमा भाग लिन प्रतियाेगीले एस.एल.सी उत्रीर्ण गरेकाे हुन पर्ने, १८ वर्ष उमेर पुगेकाे, न्युनतम ५ फिट उचाई भएका युवतीले भाग लिन सक्नेछन् । अडिसन मार्फत ३० जना प्रतियोगीको छनाैट गरिने छ ।

उपाधि विजेताले नगद पँचास हजार रुपैयाँको साथमा आन्तरिक तथा वाह्य टुरको प्याकेज, विद्यार्थी छात्रवृद्धि र फोटो सुटको व्यवस्था गरिएकाे खत्रीले जानकारी दिए । विजेता मोडल हन्ट नेपालमा र मिस नेपालको अडिसन राउण्डमा सहभागी हुन पाउने छन । प्रतियोगीताकै फस्ट रनरलाई क्राउन, नगद ३० हजार र सेकेन्ड रनरलाई २० हजार नगद पाउने खत्रीकाे भनाइ छ ।

प्रतियोगितामा सहभागीले ५ सय रुपैयाँमा फर्म भरेर तालिमका लागि ८ हजार रुपैया खर्चिनु पर्नेछ । चैत्रको पहिलो हप्तामा फाइनल राउन्ड हुनेछ ।