☰ open Loading... 20 September 2024|  

क्यान महासंघको ६ नं. प्रदेश अध्यक्ष सुर्खेतका पूर्ण अधिकारी निर्वाचित
  | ८ पुष २०७४, शनिबार १८:०१

सुर्खेत । कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघको ६ नं. प्रदेश अध्यक्षमा सुर्खेतका पूर्णदेव अधिकारी निर्विरोध निर्वाचत भएका छन् । काठमाडौंमा भएको क्यानको २४ औं महाधिवेशनबाट अधिकारी प्रदेश नं. ६ को प्रदेश अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

प्रदेश अध्यक्षमा निर्वाचित भएपछि अधिकारीले शनिवार नै सपथ ग्रहण गरेका छन । ‘पछिल्लो समय नेपालमा सूचना र प्रविधिको विकासले निकै फड्को मारिररहेको छ । यो खुसीको कुरा हो । विकासोन्मुख देशहरुको लागि विज्ञान र प्रविधिको विकासले मात्र अन्य विकासका कार्य गर्नमा सहयोग पु¥याउने भएकोले प्रविधिको विकास हुनु जरुरी छ’ उनले भने ‘यसका लागि क्यान महासंघ निरन्तर सक्रिय भएर लागि रहनेछ ।’

‘६ नं. प्रदेशको निर्विकल्प राजधानीको रुपमा हेरिएको सुर्खेत र सुर्खेतमा प्रविधिको विकास गर्नका लागि सुर्खेतका सबै तह र तप्कासँग हातेमालो गरेर अगाडि बढ्नेछु प्रतिवद्धता अधिकारीले पश्चिमनेपालसंगकाे कुराकानीमा बताए ।

क्यान सुर्खेत शाखाको संस्थापक महासचिव रहेका अधिकारी यसअघि क्यान सुर्खेत शाखाको अध्यक्ष थिए । उनी सुर्खेत उद्योग बाणिज्य संघको बस्तुगत समितिको अध्यक्ष समेत हुन् ।

अधिकारीले अाफ्नाे कार्यकालमा क्यान सुर्खेत शाखालार्इ देशभरमै उत्कृष्ट शाखा बनाएका थिए ।  समेत रहेर अधिकारीले बस्तुगत तर्फ उत्कृष्ट भूमिका निर्वाह गरेकोले सम्मानित समेत भइसक्नु भएको छ । पछिल्लो समयमा सक्रिय रुपमा क्यानको संस्थागत विकासमा लागेका अधिकारीको नेतृत्वमा सुर्खेतमा क्यान इन्फोटेक सफलताका साथ सम्पन्न गरेका थिए ।

देश संघीयतामा गएसँगै विभिन्न संघ संस्थाहरुले पनि संघीय संरचना अनुसार संगठनात्मक विस्तारलाइ तिव्रता दिइरहेका छन् ।  क्यानले पनि आफ्नो २४ औं महाधिवेशनबाट यो प्रक्रियाको शुरुवात गरेको हो । ११ सदस्सीय रहने प्रदेश समितिका अन्य पदाधिकारीहरु भने प्रदेश अध्यक्षले पछि मनोनित गर्ने प्रावधान छ ।