☰ open Loading... 21 September 2024|  

दुर्गमको भत्ता पचाएर सुगममा बस्छन् प्रतिष्ठानका पदाधिकारी
  | ८ पुष २०७४, शनिबार १९:३०

सागर परियार
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाका पदाधिकाहरु दुर्गमको भत्ता खाएर सुमगमा बस्ने गरेका छन् । प्रतिष्ठानका अधिकांस पदाधिकारीहरु विभिन्न बाहानामा सम्पर्क कार्यालय काठमाण्डौँमा धेरै बस्ने गरेको पाइएको छ । न्त्रालय स्तरीय कामकाजको बाहनामा महिनौ भन्दाबढी समय सम्पर्क कार्यालयमा बस्ने गरेको प्रतिष्ठान स्राेतले बताएको छ ।

अहिले पनि प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्ले, शिक्षा अध्यक्ष धर्मराज श्रेष्ठ, रजिष्ट्रार विश्वराज काँफ्ले डिनद्धय मोदनाथ मराठ्ठा र गायत्री राई तथा निर्देशक धर्मराज गोसाँई लगायतका पदाधिकारी करिब २ महिना देखि मन्त्रालयको कामको बाहनामा जिल्ला बाहिर बसेका छन् ।

दुर्गमको ९० प्रतिशत भत्ता खाएर प्रतिष्ठानका पदाधिकारी सम्पर्क कार्यालय काठमाण्डौँमा बस्ने गरेको जुम्ली बासीको आरोप छ । प्रतिष्ठानको केन्द्रिय कार्यालय जुम्लामा भएपनि पदाधिकारी कमै मात्र बस्ने गरेका छन् । प्रतिष्ठानमा दुई हप्तादेखि अक्सिजन अभाव हुदाँ विरामीहरु छटपटराई रहेका बेला पदाधिकारीहरु भने कामको बाहानामा बेखर देखिन्छन् ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काँफ्ललेले काम विषेशले आफु काठमान्डौ गएको काठमान्डौबाट जनाए । मन्त्रालय स्तरीय समस्या समाधान गोष्ठि भएका कारण सहभागी हुन गएको उनको भनाई छ । अन्य पदाधिकारी किन र कहिले सम्म कहाँ ? गएका हुन भन्ने बारे रजिष्ट्रार काफ्लले स्पष्ट जानकारी दिन मानेन् ।

२०७४ कार्तिक १४ गतेका दिन पत्रकार सम्मेलन मार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वार्षिक प्रतिबेदन तथा प्रगति समिक्षा सार्वजनिक गर्दै प्रतिष्ठानका पदाधिकारीले घनिभूतमा काम गर्ने सार्वजनिक गरेका थिए । तर, त्यो पत्रकार सम्मेलन पदाधिकारीले सम्मेलनमा ठिक पारेका छन् ।

प्रतिष्ठानका पदाधिकारी जुम्लाको चिसो छल्नको लागि विभिन्न बाहाना गरेर सुगममा जाने गरेका छन् । दुर्गम भत्ता खाने तर, सुगममा बस्ने प्रतिष्ठानको पदाधिकारीको नियति स्पष्ट देखिन्छ । दुर्गम क्षेत्रमा भएकोले सरकारको प्रमुख प्राथमिकतामा परेको प्रतिष्ठानलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने कुनै ठोस योजना पदाधिकारीले बनाउन सकेका छैनन् ।

पदाधिकारीबाटै ठोस योजना नआउँदा प्रतिष्ठानका लागि सरकारले समेत कुनै ठोस बजेट दिन सकेको छैन । प्रतिष्ठानका उपकूलपति डा. राजेन्द्रराज वाग्ले, रजिष्ट्रार विश्वराज काफ्ले र अस्पताल निर्देशक डा. धर्मराज गोसाईले प्रतिष्ठानको विकास र विस्तारमा कुनै योजना ल्याउन नसकेको स्वयम् प्रतिष्ठानमा कार्यरत कर्मचारीहरू बताउँछन् ।

प्रतिष्ठानका यी पदाधिकारी अधिकांश समय ललितपुरको सम्पर्क कार्यालयमा समय बिताउने गर्दछन् । जसले जुम्लामा प्रशासनिक देखि जटिल किसमका समस्या हुने गरेको छ ।