☰ open Loading... 25 February 2025|  

भेटेको ‘आइफोन सिक्स’ लिन आएनन्
  | ९ पुष २०७४, आईतवार १०:३५

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको बा ४ ख ४२३६ नम्बर गाडीमा आइफोन सिक्स गाडी मालिकले भेटाए । सुर्खेत–दैलेख रुटमा नियमित ग्ड्ने देउती नागरिक यातायात प्रा.लि.को सो गाडीमा दिउसो सो आइफोन भेटिएको हो ।

गाडी मालिक तथा सवारी चालक समेत रहेका गोपाल केशीले भेटिएको आइफोन लुकाएन बरु उनले प्रालिको काउन्टरमा जानकारी गराए । तर यति बेलासम्म भेटिएको आइफोन लिन कोही आएको छैन् ।

‘केसी जीले आइफोन भेटाएको र फिर्ता दिनुहुन भनेर काउन्टरमा बुझाउनु भएको छ’ प्रालिका सचिव रमेश खड्काले भने,–‘अहिलेसम्म सम्वन्धीत व्यक्ति लिन आउनु भएको छैन् ।’

भेटाएको आइफोन लुकाउनुभन्दा पनि सम्वन्धित व्यक्तिको महत्वपूर्ण सामग्री होलान त्यो फोन लुकाएर के काम पश्चिमनेपालसंग केसीले भने,–‘मैले सम्वन्धित व्यक्ति सम्पर्कमा आएमा फिर्ता गरिदिनु होला भनेर प्रालिका पदाधिकारीहरुलाई दिएको छु ।’

शनिवार दैलेखबाट सुर्खेत आउँदै गरेको गाडीमा सवार यात्रुको फोन खसेको हुन सक्ने बताए । बसपार्कमा गाडी सफा गर्नेक्रममा आइफोन भेटिएको उनले बताए । सम्वन्धित व्यक्तिले अफ्नो परिचयसहित आइफोन लिन आउनु हुन् उनले आग्रह गरे ।