☰ open Loading... 23 November 2024|  

मुगुमा मौसमी रुघाखोकी नियन्त्रण बाहिर, उच्च हिमाली भेगमा समस्या जटिल
  | ९ पुष २०७४, आईतवार १८:५५

सागर परियार
जुम्ला । केहि समय अगाडी प्रकोपको रुपमा देखिएको मौषमी रुघाखोकी र भाईरल ज्वरो अझै नियन्तरणमा आएको छैन् । चिसो बढ्दै जादा मौषमी रुघाखोकी र भाईरल ज्वरो झन समस्या बन्न थालेको हाे ।

फायल तस्वीर ।

यहाँका स्थानिय औषधी अभाव भएपछि उपचार नपाएर छटपटिएका छन् । उपचारका लागि स्वास्थ्य संस्था जाने र तर उपचार नगरेरै फकिनु पर्ने बाध्यता रहेको गुनासो स्थानीयकाे छ ।

मुगु जिल्लाको पुर्वी करान भेगको मुगुम कार्मारोङ्ग गाउँपालिमा फैलिएको माैसमी रुघा खोकी र भाईरल ज्वरो अझै नियन्त्रमा अाएकाे छैन । चिसो बढेसंगै मुगुको करानमा भेगमा समस्या जटिल बनेकाे छ ।

मुगुम कामरोगं गाउँपालीकामा रहेको पुलु स्वास्थ्य चौकिमा औषधी भएपनि कर्मचारी नहुदा गम्भिर समस्या देखिएको छ । दैनिक दर्जन वढी विरामी आउन गरेको भएपनि डाक्टर नहुदा निरास भएर फर्किनु पर्ने बाध्यता रहेको गाउँपालिका अन्तर्गत स्वास्थ्य संयोजक तथा सिअहेव गुरु र्छोदेन लामाले पश्चिमनेपाललार्इ जानकारी दिए ।

पत्रकार सुमन मल्लले सरोकारवालाको लापरबाहिका कारण मान्छेको ज्यानै जान सक्ने अवस्था आउँदा पनि सम्बेदनशिलता नअपनाईएको जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यलय मुगुका निमित्त प्रमुख निरक शर्माले यस अघि मार्गि पुलु र किर्मी लगायतका ठाउँमा स्वास्थ्यकर्मीको टोली फर्किसके बताए ।

अन्य पनि टाेली प्रभावित क्षेत्रमा रहेकाले केही दिनमा फर्कने जानकारी दिए । प्रभावित क्षेत्रकाे पछिल्लाे अवस्थाका बारेमा भन्न नमिल्ने र यर्थात वुझेर मात्र भन्न सकिने अवस्था रहेको उनको भनाई छ । यस अघि विभिन्न स्वास्थ्य समस्याका कारण १ दर्जन वढी स्थानीयको मृत्यु भईसकेको छ ।