☰ open Loading... 23 November 2024|  

महिलामा आङ्ग खस्ने समस्या बिकारल बन्दै
  | ९ पुष २०७४, आईतवार १९:०६

नन्द बहादुर रोकाया
मुगु । मुगु जिल्लाका महिलामा पाठेघर खस्ने तथा आङ्ग खस्ने समस्या बिकारल बन्दै गएकाेको छ । गाउँघरमा आङ खस्ने रोग भनेर चिनिने पाठेघर खस्ने समस्याबाट मुगुका महिला दिन प्रतिदिन ग्रसित बनेका हुन ।

आङ खस्ने समस्याबाट पीडित मुगुका महिलाहरु खुलेर नआउने गरेकाले याे समस्या बिकाराल बनेकाे छ । मुगुका कति महिलामा पाठेघर खस्ने तथा आङ्ग खस्ने समस्याबाट ग्रसित छन भन्ने आकंलन गर्न नसकिने स्वास्थ्य कार्यालय बताउँछ ।

सदरमुकाम गमगढीमा कर्णाली सामुदायिक बिकास मञ्चले आयोजन गरेकोे अन्तरक्रियामा जिल्लास्थित सरोकारवाला निकायले धेरै महिलालाई पाठेघर खस्ने समस्याबाट पीडित भएपनी खुलेर बताउन नचाहने गरेको बताए ।

कर्णाली सामुदायिक बिकास मञ्चका अध्यक्ष राधिका मल्लका अनुसार अाफ्नाे संस्थाले जिल्लाको सौरु गाउँपालीकाका तीन वडा नार्थपु र भिईमा प्रजनन स्वास्थ्यका क्षेत्रमा काम गदै आएको र ति वडामा गरेको आङ खस्न समस्याको सवेक्षणबाट ४२ जना महिलाहरुमा आङ खस्ने समस्या देखिएको जानकारी दिइन ।

जिल्लाका ४५ वडाका महिलाको अबस्था के होला ? उनले प्रश्न गदै भनिन ‘मुगुका महिलामा पाठेघर खस्ने समस्या बिकारल बन्दै गएकाे छ ।’ न्युनिकरण तथा रोकथाममा कर्णाली सामुदायिक बिकास केन्द्र मुगुले एक्लै केहि गर्न नसक्ने भन्दै उनले यसमा जिल्ला स्थित सबै सरोकारवाला निकायले चासो र चिन्तनका साथ लाग्न आग्रह गरिन ।

जिल्ला समन्वय समितिका उप संयोजक कर्णशील मल्लले मुगुका महिलामा सामाजिक सचेतनाको अभाव रहेको र घर, परिवार तथा समाजको पुरात्तानवादी सोचका कारण महिलाहरुमा यस्तो समस्या बिकराल रहेकाे बताए । याे समस्यालाई निराकरण गर्न जिल्लाका सरोकारवाला निकाय, स्वास्थ्यकर्मी र संचारकर्मीहरु शिक्षक सबैले पाठेघर खस्ने समस्या, यसको रोकथाम र न्यूनिकरणका लागि हतेमालो गरी काम गर्नु पर्नेमा जोड दिए ।