☰ open Loading... 26 November 2024|  

म्यादी प्रहरी हत्या काण्डकाे विवेकशील साझाका सदस्य दाहालद्वारा छानबिनको माग
  | ९ पुष २०७४, आईतवार २१:३४

सुर्खेत । कालिकोटमा म्यादी प्रहरी माथी गरिएको अमानवीय घटनाको विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश ६ का संयाेजक गेहेन्द्रप्रसाद दाहालले अापत्ती जनाएका छन् । दाहालद्वारा जारी विज्ञप्तीमा पुस ७ गते कालीकाेटमा म्यादी प्रहरी माथि भएकाे अमानवीय व्यवहारप्रति अापत्ती जनाएका हुन् ।

‘जनताको भगवान ठान्ने, प्रजातन्त्रको उपहास गर्ने, सरकारको चरम वर्वरता पुर्ण ढंगबाट गोली चलाउन आदेश दिनेलाई हदै सम्मको सजायको लागि कालिकोटका जनताको आन्दोलनमा विवेकशील साझा पार्टी प्रदेश नम्बर ६ को नैतिक समर्थन रहेको छ’ विज्ञप्तिमा भनिएकाे छ,-‘भ्रष्टाचारको दलदलमा हुर्केको प्रहरी प्रशासनको यो रुप, देखिएको नमुना मात्र हो । नागरिकसंग पुलिसको दोहोरो भिडन्त हुन्छ ? गरिब हुनु म्यादीको जागिर झुक्याएर पाउनु ? पैसा बुझ्दा स्पष्टता खोज्नु के अपराध हो ? अनि जबाफ गोलीले दिने कस्तो राज्य ?’

नेपाल कस्तो लोककल्याणकारी राज्य ? अब न्याय पनि गोलि हान्न आदेश दिने पुलिसले नै गर्छ किनकि उ पनि राजनितिक दलको ठूलो नेता नै हो बर्दी मात्र पुलिसको हो फुली ठुला राजनितिक दलकै उपहार हो दाहालद्वारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ,-‘बहाना जे भने पनि मुखवाट निक्लेको आक्रोश र पीडाको जबाफ कुनै पनि कारणले गोली हुनै सक्दैन ।’

घटनाको निष्पक्ष छानवनकाे माग गर्दै दाेषिलाई कडा कारवाहीकाे माग समेत दाहालले गरेका छन् ।