सुर्खेत । प्रदेश नम्बर ६ का चार जिल्लाहरुमा नेट विस्तार गर्न वर्ल्डलिंक कम्युनिकेशन छनौटमा परेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार शाखाले हुम्ला, मुगु, डोल्पा, कालीकाेट, जाजरकाेट, जुम्ला पश्चिम रूकुम तथा प्रदेश पाँचका पूर्वी रूकुम र राेल्पामा इन्टरनेट विस्तार गर्न छनौट गरेको हो ।
कालीकाेट, जाजरकाेट, रूकुम र राेल्पामा यस अघि नै छनाैट गरेकाे शाखाले प्रदेश ६ का थप चार जिल्लामा इन्टरनेट जडानका लागी अघिल्लाे साता छनाैट गरेकाे छ ।
वर्ल्डलिंकले ति जिल्लाहरुमा दूरसञ्चार विकास कोषको परिचालन गरेर इन्टरनेट वोर्डव्याण्ड कनेक्टीभिटी पु¥याउने कार्य शुरु हुने वल्डलिंक कम्युनिकेसन्स शाखा सुर्खेतका प्रमुख नवराज पंगालीले जानकारी दिए ।
उनका अनुसार यसै आर्थिक वर्षमा इन्टरनेट जडान कार्य शुरु गर्ने तयारीमा कार्यालय जुटेको बताए । शाखाले वर्ल्डलिंकलाई चार जिल्लाहरुका माध्यामिक विद्यालय, सार्वजनिक स्वास्थ्य केन्द्र, गाउँपालिका र नगरपालिकाका वडा कार्यालयहरुमा इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क उपलव्ध गराउन पत्रचार गरेको छ ।