सुर्खेत । वीरेन्द्रनगर बसपार्कका अग्नी पीडितलाई सांसद खड्कबहादुर खत्रीले सहयोग रकम प्रदान गरेका छन् । सोमबार आगलागी क्षेत्रको स्थलगत अवलोकन गरेका सुर्खेत प्रदेश सभा २ (ख) का सांसद खत्रीले आफ्नोतर्फबाट २५ हजार रकम सहयोग समेत गरेका छन् ।
आगलागी घटनाले आफूलाई दुखी तुल्याएको बताएका खत्रीले यस्ता घटना हुन नदिन सम्वन्धीत निकायहरुको ध्यानकर्षण गराउने प्रतिवद्धता जनाएका छन् । वीरेन्द्रनगरमा एकपछि अर्को गर्दै आगलागी घटनाले व्यपारीहरुलाई त्रसित बनाएको भन्दै उनले बाँकी दिनहरुमा यस्ता घटना हुन नदिन सम्वन्धीत निकायलाई निर्देशन दिने उल्लेख गरे ।
यता संयुक्त व्यावसायी समूहले सोमबारदेखी नै अग्नीपीडित व्यापारीहरुलाई राहत रकम प्रदान गर्ने उदेश्यले राहत रकम संकलन शुरु गरेको छ । एकमुष्ट राहत रकम संकलन गरेर पीडितहरुलाई हस्तान्तरण गरिने बताइएको छ । वीरेन्द्रनगरस्थित बसपार्क नजिकै शुक्रबार राती अागलागी हुँदा ९ पसलमा क्षती पुगेकाे थियाे ।