| १० पुष २०७४, सोमबार १७:४७
सुर्खेत । आगामी माघमा प्रदेश ६ स्तरिय वीरेन्द्रनगरमा टि ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । समग्र प्रदेश ६ को क्रिकेटको विकास लागि जिल्ला क्रिकेट संघ सुर्खेतले माघ १५ देखी २२ गतेसम्म सो प्रतियोगिता गर्न लागेको हो ।
सात दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश ६ का सल्यान, रुकुम, जाजरकोट, डोल्पा र सुर्खेतका खेलाडीहरु प्रतियोगीतामा सहभागी हुने जिल्ला क्रिकेट संघ सुर्खेतका अध्यक्ष श्रीधर केशीले जानकारी दिए ।
उनका अनुसार प्रदेशमा नेपाल क्रिकेट सघ क्यानबाट सुर्खेत जिल्लाले मात्र मान्यता पाएकाले प्रदेश ६ अन्तर्गतका जिल्लाहरुमा क्रिकेट विकासको लागी सुर्खेत जिल्लाले प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगिता लिगको आधारमा खेलाइने अध्यक्ष केसीको भनाई छ । उनले सो प्रतियोगितामा झण्डै चार लाख खर्च लाग्ने बताए ।