☰ open Loading... 25 November 2024|  

करोडौं खर्चिदा पनि किन फेरीएन जुम्लाको काँचुली ?
  | ११ पुष २०७४, मंगलवार १०:३२

सागर परियार
जुम्ला । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट विद्युत उत्पादन, उच्च माविमा विज्ञान संकाय स्थापना वा खानेपानी तथा सरसफाइ कार्यक्रमका लागि विनियोजन गर्ने बारे लामो बहस चल्यो। जिल्लास्थित दलका नेताले आफ्नो अनुकूलताका योजना अघि सारेका थिए । कसैले खानेपानी, सडक त कसैले विद्युत ।

कसैले विज्ञान विषयको पढाइलाई जोड दिए । तर कुनै दलका नेताको प्रस्तावको सुनुवाइ भएन । जुम्लाका चार सांसदले एकलौटी निर्णय गरेर बजेट विनियोजन गरे। परिणामस्वरुप यो वर्षको बजेट बालुवामा पानी हाले सरह भयो ।

उनीहरुले जिल्लाको कुडारी ताम्ती सडकमा यातायात सेवा सञ्चालनका लागि पक्कीपुल बनाउन १ करोड ६० लाख बढि खलंगा चौधबीस क्षेत्रको लुम खोलामा काठेपुलका लागि ३० लाख रुपैयाँ विनियोजन गरेका थिए । अहिले कुडारीको पुल बगिसकेको छ । लुमको काठेपुल पनि जिण भईसकेको छ ।

यस्तै साना जलविद्युत उपभोक्ता समितिलाई २० लाख रुपैयाँ एलइडी बल्ब किनेर ग्राहकलाई वितरण गर्न लगायो । विद्युत आपुर्तिमा सहज बनाउन । तर सदरमुकाममा विद्युतको समस्याका अहिले पनि ज्यूको त्युनै छ ।

यहाँको जनताको माग बल्ब भन्दा पनि विद्युत उत्पादन थियो । यस्तै सिंजा गाउँपालिकाको विराट गाविसमा निर्माण गर्ने भनिएको विद्युत उपकरण अलपत्र अवस्थामा छन् । विराट विद्युतको लागि १७ लाख रुपैयाँ विनियोजन पनि गरियो । अहिले निर्वाचन क्षेत्रका सबै योजना अलपत्र अवस्थामा छन् । नेमकिपाका अध्यक्ष शिवलाल डाँगी जिल्ला समन्वय समितिका कर्मचारी र निमार्ण व्यवसायीसँग मिलेर बनाइएका विकास योजना टिकाउ र दिगो नहुने दाबी गर्छन् ।

केहि प्रतिनिधि आवाजले बोलेका यि आवाज जस्तै : आबश्यतालाई पहिचान नगरी बनाईएका विकास निमार्णले जुम्लाको विद्यमान समस्याको काँचुली फेर्न शताब्दी पनि लाग्न सक्छ ।

आवश्यकता र वास्तविकताको पहिचान नगरीकन बनाइएका योजना कहिल्यै सफल नहुने सबैले बुझेका छौ । नमकिपा गत वर्ष पार्टीले जिल्लामा दुईवटा विज्ञान संकायका उच्च् मावि स्थापनामा जोड दिइएको थियो ।

जस अनुसार उच्च माविमा विज्ञान संकायको पढाइ गर्न सके दक्ष जनशक्ति उत्पादनमा सहजता हुने सोच राख्नु समयको पनि माग हो । तर त्यतिबेला जुम्लाका सांसदहरुको मनोमानीले रकम विनियोजन हँुदा समस्या भएको धेरैको बुझाई छ । निर्वाचन क्षेत्रको बजेट कार्यकर्ताको पोल्टामा पार्न कमसल योजनामा रकम लगानी गर्ने परम्पराले गर्दा जुम्लाका विकास निमार्णका समस्याले कहिले नयाँ रुप पाएनन र कहिले पाउने भन्न पनि सकिदैन ।

त्यस्तै अझ रमाईलो र आर्चाय लाग्ने कुरो त बाँकी छ । जुम्लाको विकास निमार्णको गतिबारे, तिला गाउँपालिका कुडारी–७, नुवाकोटका नैनसिंह हमाल लगायत गत वर्ष बजेट विनियोजन गरेर काठको पुल निर्माण हुँदै गर्दा निकै खुसी थिए । तर अविरल वर्षासँगै आएको तिलाको भेलले बगाइदिएपछि वर्ष नवित्दै खुसी निराशमा परिणत भएको उदाहरण हामी छर्लंग छ ।

विडम्बना, त्यो खुसी निरासामा बदलिनुले डिजाइन गर्ने प्राविधिक र पानीको वेग ख्याल नगरी जथाभावी रकम हाल्ने सांसदहरुलाई जुम्ली नागरिकले सरापी रहेका छन् । पुल नहुँदा सडक बनेको पाँच वर्षसम्म पनि सवारी चल्न सकेको छैनन् । सडक, पुल बनाउन्छु भन्दै यातायातको सेवा घरमा पुराउने नेताले बालुवामा पानी खन्याए जस्तै ः सांसद प्रति गुनासाे छ ।

निर्वाचन क्षेत्रको रकमले पुल बन्दै गर्दा अब घन्टौं हिँडेर घर पुग्नु पर्ने र दैनिक उपभोग्य लगायत सामग्री बोकेर ल्याउनुपर्ने बाध्यता हटेको अनुभूति स्थानियले एकाएक गर्न थालेका थिए । तर पुल निर्माण भएको एक हप्ताभित्रै तिला खोलामा आएको बाढीले पुल नै बगाइदिएपछि हाम्रा सपनासमेत बगेको, कुडारी ताम्ती सडक खण्डमा पर्ने सयौ बासिन्दाको पुरनै घिडो छ ।

गत वर्ष काठको पुल अहिले बनेको स्थानमा फिजिबल नहुने भन्दै प्राविधिक कार्यालयका प्रमुख हिक्मत महतले रद्द गरिदिएका थिए । उनले पानीको वेग निकै हुने भएको र निकै लामो दूरीको काठको पुल हुन नसक्ने बताउँदै आएका थिए । गत वर्षको बजेट ४० लाख विज्ञान संकायको प्रयोगशाला र दानसाघु–गोठीचौर सडकमा ६० लाख विनियोजन भएको थियो । गत वर्षको बजेट पनि दुरुपयोग भयो ।

जे होस लक्ष्य अनुसार नभएपनि नाक जोगाउन सांसदहरुले विज्ञान प्रयोगशालाको लागि बनेको अलपत्र भवन गएको भदौमा राष्टपति विद्यादेवि भण्डारीद्धारा उद्घाटन गरिएको छ । तर पढाई कहिले हुने, के हुने केहि पत्तो छैन् । केहि निमार्ण नै भएका छैनन् । भएकाहरुको अबस्था प्रयोगशाला जस्तै ः छन् ।

दानसाघुदेखि गोठिचौर खण्डमा निर्माण गर्ने भनेर विनियोजित बजेट कामै नभई सकिएको थियो । यो वर्षको निर्वाचन क्षेत्रको रकम सदुपयोग हुन नसकेको भन्दै स्थानीय आक्रोश पोख्छन् । प्राविधिक प्रमुख हरिप्रसाद शर्माको मनपरी डिजाइनका कारण निर्वाचन क्षेत्रको रकम बालुवामा पानी भएको हो भन्नेमा कसैको दुइृमत छैन् । तर स्थानियले स्थानिय सरकार आई सकेपछि केहि परिवर्तन हुन्छकी भनी आशा गरेका थिए ।

विडम्बना कुडारी ताम्ती सडकको पुल निमार्णका लागि एक माखो मर्ने काम पनि हुन नसकेको प्रति कुडारीका नर बहादुर शाहि दुख व्यक्त गर्छन् । नत निमार्ण व्यवसायी स्वच्छ नत ठेगेदार त्यो भन्दा पनि नियम गर्ने निकायनै मौन रहँदा पुल निमार्ण भई सरर जाने रहर कुडारी ताम्ती बासीका लागि केवल रहर मात्र भएको छ ।

पक्की पुल बनाउने भन्दै सांसद विकास कोषबाट छुटयाएको करोडौ बजेटबाट काठको पुल बनाई छक्काएका थिए । तर त्यो पनि साउने भेलले राखेन । जो अहिले केहि काठ प्रमाणका रुपमा हेर्न सकिन्छ ।

यता जिल्ला समन्वय समितिका निमित्त प्रमुख क्षेत्र बहादुर बुढ्थापा, दबाब र प्रभावले डिजाइन दिगो नहुने आफ्नो दाबी पुरानै भएको दाबी गर्छन् । त्यस्ता योजनाले जुम्लाको भविष्यमा दीर्घकालीन विकास नहुने यसअघि नै आँकलन गरिएको उनि सुनाएनछन् ।

नेताको दबाब आउँदैमा प्राविधिकले आँखा चिम्लनु हुँदैनथ्यो, भन्ने सबैमा थाहा हुनु पर्ने थियो । हुन सकेन । खोलाको प्रकृति र चैत–वैशाख र जेठ–असार महिनामा तिला नदीको बहावलाई मध्यनजर गरेर मात्रै जुम्लाका विकास निमार्ण नभए दिर्घकालिन हुन सक्ने परिकल्पना कसैमा छैन् । समस्या र समाधानको विकल्प नसोचेर डिजाइन गर्दा सरकारको करौडौ बजेट तिला खोलाको सिकार हुने शिवाय अरु भएन ।

’पक्की पुलको आरसिसी गर्दा ८ देखि १२ मिटर गहिराइसम्म पुलको खम्बा पुर्नुपर्छ त त्यही पुल वर्ष नबित्दै हल्लिन सुरु गर्छन । एक मिटर खनेर ग्याबिन राखेर बनाइएका ग्याबिनको अर्थै छैन । काठेपुल निकै छोटो दुरीको हुनुपर्छ । कुडारीस्थित काठेपुल ५५ देखि ६० मिटरसम्म लामो छ । बीचमा ३ वटा ग्याबिनका पर्खाल राखिएको छ । प्राविधिक प्रमुख महत भन्छन्, तीनवटा जालीको सपोर्टले कुनै काम गर्दैन रे ।

जाली लचकदार संरचना हो । १ मिटर मात्रै खनिएको छ । पानीको बहाव वर्षा याममा निकै बढेर सतह खार्ने भएकोले बगेको प्राविधिकहरु अध्ययान छ । गत वर्र्ष बनेकामध्ये कुडारी पुल बगिसकेको छ । त्यस्तै ःलुम गाउँ नजिकै बन्न लागेको पुल बग्ने अवस्थामा थियो । कहिले भन्ने बारे सम्बन्धीत निकाय संग जवाफ छैन ।

त्यतिबेला पटकपटक काठेपुल निर्माण गर्ने प्रस्ताव थियो । तर स्थानीय कर्मचारी र प्राविधिकले पक्का नहुने भन्दै सांसदलाई सुझाउने पनि नगरेका होईनन । सांसद र स्थानीय नेताहरुले नमान्दा कुडारीको काठेपुलमा झण्डै आधा करोड रुपैयाँ पानीमा बग्नु जुम्लाको विकासमा अबरोध खडा हुनु हो ।

त्यस बारे नेकपा माओवादी केन्द्रका सांसद गोमा कुँवरलाई सोध्दा कुन सोचे अनुरुपको निमार्ण हुन नसकेको प्रति दुख व्यक्त गरिन । यो वर्षको निर्वाचन क्षेत्रको सबै रकम बालुवामा पानी भएको स्वीकार गरीन । । तर स्थानिय सरकारबाट ठुलो आशा गरेका स्थानिय अहिले सम्म कुनै पहल नहुँदा सबै आफ्नै पेट सम्मका हदाँ रहेछन् भन्ने ठम्याएका छन् ।

अपुरा अधुरा निमार्ण कार्यलाई पुर्णता दिने पनि स्थानिय सरकारका प्रतिनिधिहरुको प्रतिबद्धता थियो । तर अहिले किन भएन भन्ने प्रश्नमा पहिलो पहिलो भएको र स्पष्ट निति निर्देशन नहुदाँ सबै अन्यौलमा रहेको जवाफ आउनाले अपुरा निमार्ण कार्यले गति पाउनु ब्रामणले च्याउ खानु जस्तै जुम्लाको वर्तमान स्थिती छ ।

दुई आर्थिक वर्षको सांसद विकास कोषको बजेट बालुमा पानी खन्याए जस्तै भयो । स्थानिय गाडीमा जान पाउलान भन्ने सोचले पनि गति पाएन । निमार्ण कार्यले आफ्नो गति नलिदाँ करोडौ बजेटले जुम्लाको स्वरुप फेरिने आशा जुम्लाबासीले मारिसकेका छन् ।

अझै स्थानिय सरकारले केहि गर्न नसकेको भया, अब संघ र प्रदेशमा सभामा विजयी भई आएका जनताका लिडरहरुले जुम्लाको विद्यमान स्वरुपलाई फेर्न कहि गर्लान त ? त्यो भने हेर्न बाँकी छ ।