☰ open Loading... 24 November 2024|  

गुर्भाकोटले अनाथ बालबालिकालाई भत्ता दिने
  | १२ पुष २०७४, बुधबार ०९:१६

सुर्खेत । जिल्लाको पूर्वी सुर्खेतमा पर्ने गुर्भाकोट नगरपालिकाले अनाथ बालबालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ । कार्यपालिकाको मंगलबार बसेको बैठकले मासिक पाँचसय भत्ता वितरण गर्ने निर्णय गरेको हो ।

नगरपालिका क्षेत्रमा करिव एकसय बढी बालबालिका अनाथ रहेको तथ्याङ्क तयार पारेर भत्ताको शुरुवात गरेको मेयर हस्त पुनले पश्चिमनेपाललाई जानकारी दिए । उनले यसै चालु आर्थिक वर्षदेखी सो रकम वितरण गरिने पनि बताए ।

शिक्षाबाट बञ्चित बालकबालिकाहरुलाई भत्ताले उच्च शिक्षामा सहज हुने, बालविवाह तथा बाल श्रम न्युनिकरण हुने अपेक्षा नगरपालिकाको छ । स्थानीय तहमा पहिलो पटक अनाथ बालबालिकालाई भत्ता दिने गुर्भागोट नगरपालिका पहिलो भएको महिला तथा बालबालिका कार्यालय सुर्खेतले दावी गरेको छ ।