| १२ पुष २०७४, बुधबार १०:१९
सुर्खेत । स्मरण शक्ति अभिवृद्धि सम्बन्धी २ दिने तालिम वीरेन्द्रनगरमा हुने भएको छ । अल ईन मिडिया एण्ड आईटी सेन्टरका आयोजनामा यही पोष १४÷१५ गते तालिम हुन भएकाे हाे ।
तालिममा प्रशिक्षण दिन संसारकै सबै भन्दा तेज स्मरण शक्ति भएका, गिनिज बुकमा नाम लेखाउन सफल व्यक्तित्व अर्पण शर्मा (ममोरी किङ्ग) आउने आयोजनकले जनाएको छ ।
तालिममा स्मरण शक्तिलाई १० गुण बढाउनका साथै शब्द। वाक्य, अनुच्छेद जस्ताको तस्तै याद तथा पुरै किताब जस्तोको त्यस्तै पेज नम्बर याद गर्ने अद्रुत तरिका सिकाईने अल ईन वान मिडिया एण्ड आईटी सेन्टरका प्रवन्धक निर्देशक रामबहादुर शाहीले जानकारी दिए । यस्तै तालिम संचालनका लागि ५ लाख बराबरको लागत लाग्ने उनले बताए ।