| १३ पुष २०७४, बिहीबार १८:०९
पार्वती वस्नेत, दाङ ।
घरेलु हिंसाबाट आजित भएकी एक महिलाले दाङमा आफ्नै श्रीमानको औला काटेकी छन् । तुलसिपुर उप महानगरपालीका वडा नम्बर १ भम्के छोटे निबासी ६४ वर्षिया रिसमी महतराले आफ्नै श्रीमान ६४ वर्षिय चन्द्र वहादुर महतराको हातको चार वटा औला काटिदिएको प्रहरिले जनाएको छ ।
मादक पदार्थ सेवन गरेर घरमा पुगेका महतराले कुटेपछि दाहीने हातको औला काटेर आगोमा पोलेको जानकारी आए पछि महिलालाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको इलाका प्रहरि कार्यालय तुलसिपुरले जनाएको छ । घाइते महतरालाई उपचारका लागी नेपालगञ्ज लगिएको छ । महतराले धेरै पहिले देखी श्रीमतीलाई कुटपिट गर्ने गरेको र त्यसैको रिसमा औला काटिदिएको प्रारम्भिक जानकारी आएको प्रहरिले जनाएको छ ।