मुगु । गमगढीमा जिल्ला स्तरीय शैक्षिक मेला सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय मुगुको समन्वयमा, युनिसेफ नेपाल र बिश्व शिक्षाको आर्थिक प्राबिधिक सहयोगमा ,कणाली एकिकृत ग्रामिण बिकास तथा अनुसन्धान केन्द्रको आयोजनमा सो मेला गरिएको हो ।
जिल्लाका ८० वटा विद्यायलयमा प्रारम्भिक कक्षा पढाई कार्यक्रम संचालन भएको छ । जिलामा शैक्षिक स्तर दिन प्रतिदिन खस्कदै गएको अबस्थामा पढाई मलाले थप बल दिने कक्षा १ देखि ३ सम्मका बालबालिलाई रमाईलो पढाई स्थानिय भ्ााँषा र सामग्रिको पढाँईबाट शिक्षा प्रभावकारी हुँदै गएकोले प्रबद्धनात्क तरिकाले सिकाई गर्दा सिकाई दिगो हुँने र प्रतिफलमूखि हुने कुरा निमित्त जिल्ला शिक्षा अधिकारी धनुसदन चौलागाईले बताए ।
मेलामा जिल्लाका ४ वटा स्थानिय निकायका विद्यालयहरुका विद्यार्थीहरुले शैक्षिक ,साँस्कृतिक, धार्मिक सामाग्रीहरु आफैले निमार्ण गरी प्रर्दशन गरेको थिए । कलस्टर स्तरमा छनोट भएका ३३ वटा मध्य जिल्ला स्तरमा २३ वटा विद्यालयले सामाग्रिका स्टुल निमार्ण गरी कलात्मक सामाग्रि प्रदर्शन गरी जिल्लाको शैक्षिक स्तरका सामाग्रीहरु प्रर्दश गरिएको बताईएको छ ।
गुणस्तरिय शैक्षिक वातावरमा बृद्धि गर्न विद्यार्थीहरुले स्थानिय स्तरमा प्रयोग हुने माटो,ढुंगा ,काँँठ र कागजको प्रयोग गरी लोप हुन लागेकाँ स्याकु, सुपो, जातो, दुम्चो, हलो, मुसल, गुमब्ााँ, तान ,कुचो, फोटोहरु चर्को लगाउतका ३ दर्जन भन्दा बढि साम्रागी निमार्ण गरि कलात्म नमूना प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।
प्रारम्भिक कक्षा पढाई कार्यक्रलाई प्रभावकारी बनाउँन कक्षा १ देखि ३ कक्षा सम्मका बालबालिकाको प्रतिभा प्रस्फूटन गर्न बिगतदेखि पढाई मेला संचालन गरिदै आएको थियो । यो वर्षपनि रचना ,प्रतिभा प्रस्फुटन गर्न ,स्थानिय कला संस्कतिको जर्गेना गरि प्राबिधिक र ब्यबसायिकका साथै गुणस्तरिय शिक्षा प्रदान गर्न थप बल पराउँन जिल्ला स्तरिय पढाई मेला संचालन गरिएको किर्डाक संस्थाका सयोजक टेकबहादुर शाही बताए ।
शैक्षिक सामाग्रि प्रदसन र कला प्रस्तुत गर्ने ९ वटा विद्यालयहरुलाई उत्कृट विद्यालयहरुमा छनोट गरी नगत तथा प्रसशा पत्र वितरण गरिएको थियो भने सहभागी अन्य विद्यालयहरुलाई प्रर्दशनलाई आधारमा पुरस्कार प्रदान गरिएको थियो ।,