☰ open Loading... 24 November 2024|  

मृर्गौला पीडितद्वारा सहयोगको याचना
  | १५ पुष २०७४, शनिबार १४:४३

सुर्खेत  ।  दुई मिर्गौला विग्रिएर उपचारको क्रममा रहेकी दैलेख भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीको परिवारले सहयोगको याचना गरेका छन् । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारीलाई काठमाडौंस्थित वीरअस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन नसकेको उनका भाई दुर्गराज अधिकारीले जानकारी दिए ।

‘मुुमा अथवा बुबाको मिर्गाैला म्याचिङ हुन्छ हुँदैन थाहा छैन’, उनकी श्रीमति गीता अधिकारीले भनिन्, ‘यदि उहाँको भएन भने म पनि दिन तयार छु । तर, उपचारका लागि पैशा छैन् ।’ उनले मिर्गौला दिन व्यक्ति तयार भए पनि उपचारमा लाग्ने रकमको समस्या रहेको बताइन् ।

मिर्गाैलामा विगत तीन वर्षदेखि समस्या आएसँगै उपचारका लागि भारतको लखनौंमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उनलाई उपचार गराउन रकम अभाव भएको हो ।

२५ बर्षिय अधिकारीको दुबै मृगौला खराब भई उपचारमा अर्थिक समस्या भएर जीवन सङघर्षको अवस्थामा रहेको हुँदा जीवन रक्षाको लागि मानबताको नाताले आफुले सक्दो सहयोग गरिदिन अपिल गरेका हुन् । सहयोग गर्न चाहानेहरुले उनका अंकल भवानीप्रसाद अधिकारीको सम्पर्क नम्बर ९८४८१६६७७७ मा सम्पर्क गरिदिनुहुन श्रीमती गीताले अनुरोध गरेकी छन् । साथै, अंकल भवानी अधिकाीको नाममा बाणिज्य बैक शाखा दैलेख २०२४९ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिने बताइएको छ ।