रोल्पा । रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम ‘सहिद सुनिल स्मृति’ नामाकरण गर्ने प्रस्तावको विरोध गर्दै आन्दोलित बनेका स्थानीयले बिहीबार यातायात सेवा बन्द गरेका छन् ।
आन्दोलकारीहरुले गरेको बन्दका कारण रोल्पा भित्रने तथा बाहिरिने सवारी साधन बीच बाटोमै अलपत्र बनेका छन् । सुवर्णावती गाउँपालिकाको खुङ्ग्री र सुलिचौरको नाका बन्द गरेपछि जिल्ला भित्रिने गाडीहरु प्यूठानको किमिचौरमा अलपत्र परेका छन् ।
गाउँपालिकाको नाम फेर्ने निर्णय नसच्याएसम्म अनिश्चितकालिन बन्द गर्ने संघर्षसमितिका संयोजक खिमचन्द्र पुनमगरले जानकारी दिए।
यस्तै पुनःसंरचना समितिले जिल्लाको सर्वदलिय÷सर्वपक्षिय बैठकबाट पारित गरी राखेको गाउँपालिकाको नाम बहुमतको दम्भ देखाएर व्यक्तिको नामबाट राख्न लागेको भन्दै विरोधमा उत्रिएका स्थानीयले रोल्पाको सकिदहमा पनि सबै वडा कार्यालय तथा गाउँपालिकामा तालाबन्दी गरेका छन् ।