☰ open Loading... 26 December 2024|  

कार्यकारीलाई धम्कीपछि कामकाज बन्द
  | १५ पुष २०७४, शनिबार २२:४५

दैलेख – डुंगेश्वर गाउँपालिका दैलेखका कार्यकारी अधिकृत बमबहादुर नेपालीलाई निर्वाचित जनप्रतिनिधिहरु (वडाअध्यक्ष) ले अभद्र ब्यवहार गर्दै कुटपिट गर्ने धम्की दिएका छन् । कार्यपालिकाको बैठकमा वडामा खाता र बजेटको अख्तियारी नदिएको भन्दै कार्यकारी अधिकृत नेपाली सहित कर्मचारीमाथि वडा अध्यक्षहरुले हातखुटट भाँच्ने धम्की दिएका हुन् ।

धम्क्याउनेहरुमा २ नम्वर वडाका वडाअध्यक्ष राजु केसी र ६ नम्वर वडा वडाअध्यक्ष बमबहादुर विसी रहेका छन् । उनीहरुले कार्यकारी अधिकृत सहित अन्य कर्मचारीलाई अपमान गर्दै भौतिक आक्रमण गर्ने भन्दै धम्क्याएका हुन् ।

केसी एमाले र विसी काँग्रेसबाट विजयी भएका हुन् । वडाअध्यक्षहरुले कार्यपालिकाको बैठकमा विहिवार अपमान गर्दै हातखुटटा भाँच्ने धम्की दिएपछि शुक्रवारबाट अनिश्चितकालका लागि गाउँपालिकाको काम नगर्ने भन्दै एक विज्ञप्त िजारी गरेर कर्मचारी आन्दोलित भएका छन् ।

स्थानीय विकास मन्त्रालयले गरेको निर्णय र पत्राचार अनुसार काम गरिरहेका कर्मचारीलाई जनप्रतिनिधिहरुले वडापिच्छे खाता र बजेट अख्तियारी गर्नुपर्ने र नगरे भौतिक कार्वाही गर्ने धम्की दिएका हुन् । मन्त्रालयले स्पष्ट रुपमा वडा कार्यालयमा खाता खोलेर बजेट अख्तियारी दिन नमिल्ने परिपत्र गरेको छ । तर, कार्यपालिका बैठकमा केही वडा अध्यक्षहरुले वडामै खाता र बजेट माग गर्दै कार्यकारी अधिकृतलाई ज्यान मार्ने धर्की दिर्दै अभद्र गरेका हुन् ।

डुंगेश्वर गाउँपालिकाका कर्मचारीहरुले एक विज्ञप्ती जारी गर्दै कार्यकारी अधिकृतमाथि भएको अभद्र ब्यवहार र कुटपिट गर्ने धम्कीप्रति खेद प्रकट गर्दै गाउँपालिकामा काम गर्ने वातारण नभएको भन्दै तत्काललाई सवै काम रोक्ने उल्लेख गरेका छन् ।

उनीहरुले राष्ट्रसेवक कर्मचारीहरुलाई अपमानित हुनुका साथै असुरक्षा भएकाले सुरक्षा प्रत्याभुती र अपमानित शब्दहरु फिर्ता नलिएसम्म काममा नर्फकर्ने भन्दै कार्यालयका तालाचापी समेत गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ललाई बुझाँएका छन् ।

केही वडाअध्यक्षहरुले वडामै खाता र बजेटको अख्तियारी तत्काल मागेको र मन्त्रालयले वडामा अख्तियारी नदिएको अवस्थामा कार्यकारी अधिकृतले मन्त्रालयको निर्देशन अनुसार कुरा राख्दा अपमानित शब्द बोल्दै केही वडा अध्यक्षज्यूहरुले अंगभंग गराउने धम्की दिएको गाउँपालिकाका कर्मचारीहरु बताउँछन् ।

वडाअध्यक्षले गरेको अपमान र अंगभंगको धम्कीले शुक्रवारबाट गाउँपालिकाको सम्पूर्ण काम रोकिएको कर्मचारीहरुले विज्ञप्ती मार्फत जानकारी गराएका छन् । łवडाअध्यक्षहरुको रवाफ र धम्कीले काम गर्ने वातावरण नै छैन् । एक कर्मचारीले भने, गाउँपालिकाका सवै कर्मचारीले अध्यक्षलाई ताला चापी बुझाएर काम ठप्प गरेका छौं ।