☰ open Loading... 19 April 2024|  

‘मिडियासंगकाे सहकार्य जरुरी’
  | १६ पुष २०७४, आईतवार १५:०९

सुर्खेत ।  समाजमा सुशासन कायम गर्न मिडियाहरुसंग सहकार्य गर्नुपर्ने जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले बताएका छन । आईतबार वीरेन्द्रनगरमा यु .एस.ए.आइ.डी. को आर्थिक सहयोग र जागरण एफ. एम सुर्खेतको आयोजनमा विकास लागि सञ्चार सम्बन्धी एक दिने कार्याशाल गोष्ठीमा उनले यस्तो बताएका हुन ।

स्थानीय तह र जिल्ला समन्वय समितिको प्रयासबाट मात्र समाजमा सुशासन कायम गर्न नसकिने भएकाले मिडियाहरुसंग सहकार्यको आवश्यकता रहेको उनको भनाई छ । ‘सुशासन मात्र नभई मिडियाले समृद्धिमा पनि महत्वपुर्ण भु्मिका निर्वाह गर्ने भएकाले सबै स्थानीय तहले मिडियाका लागि बजेट विनियोजन गर्न उनले आग्रह गरे ।

‘जबसम्म हामीले मिडियालाई परिचालन गर्न सक्दैनौँ, प्रमुख सिग्देलले थपे ‘तबसम्म भ्रष्टाचार युक्त प्रार्दशिक समाज निर्माण गर्न सकिदैन ।’ यस्तै उनले भने, ‘राज्यले प्रत्येक वर्ष छरेका पैसाहरु सहि रुपमा सदुपयोग हुन नसक्नुको पछाडीको कारण मिडियालाई परिचालित गर्न नसक्नु हो उनको भनाई छ ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख देवकुमार सुवेदीले सञ्चार माध्यममा लगानी गर्न निकै चुनौतिको रुपमा देखा परेको बताए र्। एउटा सञ्चार माध्यमलाई बजेट छुटाउदा अर्को सञ्चार माध्यमबाट गुनासो आउने भएकाले बजेट छुटाउन अप्ठ्यरो हुन्छ, उनले भने, ‘सबै सञ्चार माध्यममा स्थानीय तहले बराबर लगानी गर्ने वातारण सिर्जना गर्न पत्रकारहरुको साझा संगठनले पहल गर्न आग्रह गरे ।

कार्यक्रममा लेकवेसी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले मिडियासंग सहकार्य नहुदा आफ्नो स्थानीय तहले गरेका काम कारवाही जनता माझ पुग्न नसकेको बताए । आगामी दिनमा मिडियासंग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिवद्धता  जनाए ।

जनतालाई उत्तरदायी बनाउनका लागि मिडियासंगको सहकार्य आवश्यक रहेको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले बताए । मिडियासंग सहकार्य गर्दा स्थानीय तहले सम्पादन गरेका कार्यहरु जनतको माझ पु¥याउन सजिलो हुने उनको भनाई छ ।

कार्यक्रममा जागरण एफ. एमका स्टेशन मेनेजर दीपेन्द्र ओलीले सुर्खेतका मिडियाहरुको चुनौतिहरुको बारेमा जानकारी दिए ।

कार्यक्रममा  नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारत, साझेदारी विकास परियोजनाका सर्मिला लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।