Loading... 23 February 2018|   शुक्रबार, फाल्गुन ११, २०७४

संयुक्त यातायात व्यवसायीद्वारा तदर्थ समिति गठन

  |

सुर्खेत । यातायात व्यवसायी संघ÷समिति र प्रा.लि.हरुका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ । मध्यपश्चिमाञ्चल ट्रक तथा ट्याक्टर व्यवसायी सघंका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षता बसेको बैठकले आइतबार तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको अध्यक्षमा प्रकाश अधिकारी, उपाध्यक्ष, नारायणकुमार चपाईँ, सचिव कमल गुरुङ र कोषाध्यक्षमा ओमप्रकाश तिवारी छन् । यस्तै, सदस्यहरुमा मोहन सिंह गुरुङ, भुपेश विक, जयबहादुर थापा, रमेशकुमार सापकोटा र वीरबहादुर रावत छन् ।

तदर्थ समितिले मासिक सदस्यता शुल्क तीनहजार उठाएर कोषा खडा गर्ने, प्रदेश नम्बर ६ देखि बाहिरका पूराना सवारीहरु समिति, संघ र प्रा.लि.मा दर्ता नगर्ने निर्णय गरिएको सदस्य रमेशकुमार सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकले अन्य प्रदेशमा दर्ता भएका सवारी अावद्ध गराएमा कडा प्रतिवाद गर्न निर्णय समेत गरेकाे छ ।

प्रकाशित मितिः आइतवार, पुस १६, २०७४     6:54:15 PM
error: Content is protected !!