☰ open Loading... 3 May 2024|  

पत्रकार सापकोटा माथि हातपात
  | १७ पुष २०७४, सोमबार २१:४८

सुर्खेत । पत्रकार पुरूषाेत्तम सापकोटा माथि हातपात भएकाे छ । डाडादरा एफएमका स्टेसन म्यानेजर सापकोटा वावियाचाैरस्थित विष्ट कटेजमा खाना खाइरहेकाे बेला हातपात भएकाे हाे ।

एफएमको काम सकेर खाना खाने समयमा वावियाचाैरकै कृष्ण रावलले अाक्रमण गरेकाे पत्रकार सापकोटाले जानकारी दिए । अाफूमाथि अाक्रमण भएकाे खवर ईलाका प्रहरी कार्यालय बावियाचाैरमन जानकारी दिँदा समेत प्रहरीले वास्था नगरेकाे सापकोटाको दुखेसाे छ । सापकोटा पत्रकार महासंघ शाखा सुर्खेतका कार्यसमिति सदस्य हुन ।