| २० पुष २०७४, बिहीबार १३:२०
हुम्ला । रुघाखोकीले ४ जनाको मृत्यु भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रमा औषधिसहित चिकित्सक टोली पठाएको छ । सहायक प्रजिअ ऋद्धिप्रसाद सिटौलाले डा। नवीन रोकाया नेतृत्वमा ६ जनाको टोली पठाइएको बताए । टोलीले रोग प्रभावित क्षेत्र रोडिकोट गाउ‘पालिकाको ७ र ८ नम्बर वडामा पुगेर बिरामीको उपचार गर्नेछ ।
प्रभावित क्षेत्रमा अझै धेरै बिरामी रहेको र रोग नियन्त्रणमा नआएको सर्केघाटबाट सदरमुकाम सिमकोट पुगेका प्रबल बुढाले बताए । जिल्लाकोपश्चिम–दक्षिण भेगमा समेत रुघाखोकी फैलिएको स्थानीयले जनाएकाछन् । ताजाकोट गाउ‘पालिका–५ की २७ वर्षीय रन्देवी परियार र ६०वर्षीया नन्दकली परियारको मृत्यु भएको स्थानीयको दाबी छ । जनस्वास्थ्य कार्यालयले भने यसको पुष्टि गरेको छैन ।