| २० पुष २०७४, बिहीबार १५:४७
सुर्खेत । सुर्खेत प्रहरीले अवैद्य घरेलु मदिरा नष्ट गरेको छ । सदरमुकाम वीरेन्द्रनगर आस–पास क्षेत्रहरुबाट एक हजार लिटर भन्दा बढी घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए ।
सदरमुकाम क्षेत्रमा घरेलु मदिराको बिक्री वितरण अत्यधिक भएको पाइएपछि प्रहरीले मदिरा उत्पादन गरिने क्षेत्रमा कडाइ गर्दै मदिरा बरामद गर्न थालेको हो ।
घरेलु मदिरा बनाउनका लागि प्रयोग गरिने कच्चा पदार्थ समेत नियन्त्रण गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । अवैध र अस्वस्थ रुपमा उत्पादन भएका रक्सीले मानव स्वास्थ्यलाई असर गर्ने भएकाले प्रहरीले सदरमुकाममा रक्सी नियन्त्रण गर्ने अभियान अन्तर्गत निगरानी बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले हिजो (बुधबार) देखि मदिरा नियन्त्रण अभियान संचालन गरेको थियो ।