☰ open Loading... 25 April 2024|  

राजधानी माग्दै जुम्लामा प्रर्दशन
  | २० पुष २०७४, बिहीबार १७:४२

सागर परियार
जुम्ला । देशभर प्रदेशको राजधानी माग्दै आन्दोलन चलिरहेका बेला जुम्लामा पनि विहिबारदेखि ६ नम्बर प्रदेशको राजधानी कर्णालीमा नै हुनु पर्ने माग गर्दै प्रर्दशन शुरु भएको छ । नागरिक संघर्स समिति जुम्लाको आयोजना तथा पत्रकार महासंघ जुम्लाको सहकार्यमा प्रर्दशन शुरु गरिएको हो ।

कर्णालीमा भौतिक संरचनाको अभाव देखाउदै सरकारले अस्थायी राजधानी सुर्खेतमा तोकेर कर्णालीलाई अन्याय गरेको कर्णाली बासीको आरोप छ । पहिचान र सामार्थले भरिपुर्ण कर्णालीलाई ६ नम्बर प्रदेशको राजधानी बनाउन भएको कन्जुसाई प्रति कर्णाली बासीले आक्रोस व्यक्त गरेका हुन् ।

कर्णालीमा थुप्रै सम्भावना भएपनि राजधानी तोक्न सरकारको यथासक्य ध्यानर्कषण नभएकोले कर्णाली बासी सडक देखि सदन तताउन तयार हुने नागरिक समाज जुम्लाका अध्यक्ष राज शहादुर महतले बताए । उनले भने, उचित मागको न्यायोचित सम्बोधन नभए शसक्त आन्दोलनका कार्यक्रम गरिने छ ।

कुनै पनि हालतमा सुर्खेत लाई ६ नम्बर प्रदेशको राजधानी मान्न नसकिने युवा नेता अनुप थापाले बताए । उनले भने, जुम्लामा सहिद हरि बहादुर कुँवरको सहादत प्राप्त पछि कर्णाली प्रदेश पाएको हो ।

अब पनि राजधानी का लागि सयौ हरि बहादुर बन्न तयार रहेको थापाको तर्क छ । कर्णालीमा करोडौको जडिबुटी, जलस्रोत, लगायत प्राकृतिक स्रोत साधानले भरिपुर्ण छ । तर पनि सरकारले आँखा चिम्लेर अस्थायी राजधानी सुर्खेतलाई तोकेर आन्दोलीत बनाउन खोजेको कर्णाली बासीको आरोप छ । कर्णालीको जुम्लामा राजधानी भए कर्णालीका ५ जिल्ला, जाजरकोट तथा दैलेख लाई पनि सहज हुने देखिएको छ ।

कर्णालीमा ३ सैयाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, झण्डै दर्जन भन्दा बढि अंचल कार्यालय जुम्लामा रहँदा पनि भौतिक संरचनाको समस्या देखाउदै राजधानी नतोक्नु कर्णाली बासीका लागि अन्यायपुर्ण भएको जुम्ला उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त राव्लले बताए ।

बिहीबारबाट शुरु प्रर्दशनलाई सार्थक बनाउन जुम्लामा रहेका सबै उद्यग व्यवसायी, विद्याथी, अभिभावक सबै दलका प्रतिनिधि डटेर लाग्न पनि आग्रह गरीएको छ । जुम्लाबाट निर्वाचित सांसद तथा दलहरुका नेताहरुले आफ्नो पदियभन्दा कर्णालीको समुचित विकासका लागि पहल गर्न तर्फ ध्यान दिनुपर्नेमा नागरीक समाजको जोड छ ।

पहिलो दिन भएको प्रर्दशन शान्तीपुर्ण भएपनि ७२ घण्टामा यथोचित मागको सुनुवाई नभए प्रर्दशनले समेत उग्र रुप लिने नागरिक संघर्ष समिति जुम्लाका अध्यक्ष तथा बुद्धिजीवि रामकृष्ण बुढ्थापाले बताए । भोली बाट क्रमशः टायर बाल्ने सडक चक्काजाम, कालो पटी् बाध्ने लगागयतका प्रर्दशन गरिने कार्य तालिका छ ।