☰ open Loading... 26 November 2024|  

प्रसूति सेवा लिनेको संख्यामा वृद्धि
  | २१ पुष २०७४, शुक्रबार १२:४९

 

दाङ ।  यहाँको अस्पतालमा प्रसूति सेवा लिनेको संख्यामा वृद्धि भएको छ ।  चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक हजार ५६२ महिलाले राप्ती अञ्चल अस्पताल तुलसीपुरबाट प्रसूति सेवा लिएका हुन् ।

तीमध्ये ६२९ महिलाले साधारण प्रसूति सेवा र ३५२ महिलाले जटिल तथा शल्यक्रियामार्फत प्रसूति सेवा लिएको अस्पतालका मेडिकल रेकर्डर दुर्गा रेग्मीले जानकारी दिए ।

यसैगरी आव २०७३÷७४ मा यस अस्पतालबाट एक हजार ६६७ जना महिलाले प्रसूति सेवा लिएका छने । मेडिकल रेकर्डर रेग्मीका अनुसार अस्पतालमा सुत्केरी गराउने महिलालाई यातयात शुल्कबापत रु ५०० र सुत्केरी प्रोत्साहन भत्ताबापत रु ४०० प्रदान गर्दै आएको छ ।