☰ open Loading... 2 May 2024|  

राजधानी माग्दै जुम्लामा राँकेजुलुस
  | २१ पुष २०७४, शुक्रबार २०:०३

सागर परियार
जुम्ला । ६ नं प्रदेशको राजधानी माग्दै जुम्लामा शुक्रबार साँझ राँकेजुलुस निकालिएको छ । ६ नम्बर प्रदेशको राजधानी कर्णालीको जुम्लामा हुनु पर्ने माग गर्दै विहिबार देखि शुरु भएको आन्दोलनको दोस्रो दिन शुक्रबार साँझ राँकेजुलुस प्रर्दशन भएको हो ।

पत्रकार महासँघ शाखा कार्यालय जुम्लाको भवन अगाडिबाट निकाएको राँकेजुलुस जिल्ला प्रशासन कार्यालय हुदै बजार परीक्रममा गरी उच्च अदालत सुर्खेत इजलास जुम्लाको अगाडि गएर कोणसभा गरी समापन गरीएको हो ।

कोणसभामा बोल्दै संघिय समाजबादी फोरम नेपालका बलिराज शाहिले भने, ‘कर्णालीमा भौतिक संरचनाको अभाव देखाउदै सरकारले अस्थायी राजधानी सुर्खेतमा तोकेर गल्ती गर्याे । यो सरासर सरकारले कर्णालीलाई अन्याय गरेको हो । कर्णालीमा थुप्रै सम्भावना भएपनि राजधानी तोक्न सरकारको यथासक्य ध्यानर्कषण नभएकोले हामि सडक देखि सदन तताउने छौ ।’

पहिचान र सामार्थले भरिपुर्ण कर्णालीलाई ६ नम्बर प्रदेशको राजधानी बनाउन भएको कन्जुसाई प्रति कर्णालीबासीले आक्रोस व्यक्त गरेका छन् ।

नागरिक समाज जुम्लाका अध्यक्ष राज शहादुर महतले भने, उचित मागको न्यायोचित सम्बोधन नभए क्रमश दिदिनै शसक्त आन्दोलन गर्नेछौ । हामि कर्णालीबासी कुनै पनि हालतमा सुर्खेतलाई प्रदेशको राजधानी मान्ने छैनौ । तर राजधानीका लागि शहिद बन्न तयार छौ ।

राँकेजुलुसमा सहभागी जुम्लाका उद्योग व्यवसायी, विद्याथी, अभिभावक सबै दलका प्रतिनिधिहरु प्रदेशको राजधानि जुम्लामा हुनुपर्ने भन्दै आक्रोसित भएका थिए ।

तर जारी आन्दोलनले भने आगामि दिनमा उग्र रुप लिने संभावना रहेको उद्योग बाणिज्य संघका अध्यक्ष रामदत्त रावलले बताए । आन्दोलनको क्रममा टायर बाल्ने, सडक चक्काजाम गर्ने कालो पटी् बाध्ने लगागयतका कार्यक्रम रहेका छन् । आन्दोलन नागरिक संघर्स समिति जुम्लाको आयोजना तथा पत्रकार महासंघ जुम्लाको सहकार्यमा शुरु भएको हो ।