☰ open Loading... 15 January 2025|  

दाउरा र स्याउलाको जोहो गर्न व्यस्त
  | २३ पुष २०७४, आईतवार १४:००

नन्दबहादुर रोकाय
मुगु । मुगुका महिला हिउँद लागे संगै दाउरा र स्याउलाको जोहो गर्न थालेका छन । हिउँदको समयमा काम नहुने भए पछी मुगुका महिला यति बेला बर्ष भरीका लागी दाउरा तथा गाई भैसीका लागी गोठमा बिछायाउन स्याउलाको जोहो गर्न थालेका हुन ।

 

बिहानै काखमा रोटी च्यापेर घरबाट तीन चार घण्टा टाढाकाे जंगलमा गएर दाउरा र स्याउला ल्याउने गर्दछन । मुगुमा यातायातको सुविधा संगै बजारमा ग्यास भित्रिए पनि खान पकाउने लगायत अन्य कामका लागी दाउराकै जाेह गर्ने गरिन्छ ।

तर हुने खानेले ग्यास राखेपनि गरिवीका कारण दाउराकै भरमा जिविको पार्जन गदै आएकाे छायाँनाथ रारा नगरपालिका वडा नं ४ कि पुतली नेपालीले बताइन ।

उनका अनुसार मुगका महिला ६ महिना खेतिबारीमा ब्यस्त हुने र ६ महिना खेतिपाती नहुने भएकाले खाली बस्नुभन्दा भर्ष भरी पुग्ने गरी आबश्यक दाउरा र स्याउलाको जोहो गर्न थालेको छन ।

मुगुका सामुदायिक बनपनी यतिबेला दाउरा स्याउला संकलनका लागि जंगल प्रबेश शुल्कसहित प्रबेश खुला गरिएकाे छ । सामुदायिक वन बर्षको केहि समयका लागी खुलाईने र अघिपछी बन्द हुने भएकाले पनि महिलाहरू याे समयमा दाउरा र स्याउलाको जाहो गर्नमा व्यस्त छन् ।