☰ open Loading... 19 April 2024|  

राजधानी माग्दै जुम्लामा मोटरसाईकल र्याली
  | २३ पुष २०७४, आईतवार १८:२५

सागर परियार
जुम्ला । ६ नं प्रदेशको राजधानी माग्दै जुम्लामा आईतबार जुम्लामा मोटरसाईकल ¥याली निकालिएको छ । अस्थायी राजधानी सुर्खेत तोकेपनि स्थायी रुपमा ६ नम्बर प्रदेशको राजधानी कर्णालीको जुम्लामा हुनु पर्ने माग गर्दै मोटरसाईकल ¥याली निकालिएको हो । राजधानी माग्दै जुम्लामा गएको विहिबार देखि चरण बद्ध आन्दोलनहरु शुरु भएका छन् ।

पहिलो दिन विरोध प्रर्दशन, दोस्रो दिन समाल जुलुस, तेस्रो दिन सिटी आन्दोलन र आईतबार चौथो दिन मोटरसाईकल ¥याली निकालिएको नागरिक संघर्ष समितिका अध्यक्षा राज बहादुर महतले बताए । ¥याली पछि बोल्दै मर्न परे पनि तयार हुने तर जुम्लीले राजधानी नछोड्ने समेत दाबी गरे ।

पत्रकार महासँघ शाखा कार्यालय जुम्लाको भवन अगाडिबाट निकाएको ¥याली जिल्ला प्रशासन कार्यालय हुदै बजार परीक्रममा गरी उच्च अदालत सुर्खेत इजलास जुम्लाको अगाडि गएर कोणसभा गरिएको थियोे । कोणसभामा बोल्दै नागरिक संघर्ष समितिका सचिव सरोज शाहिले, कर्णालीमा भौतिक संरचनाको अभाव देखाउदै सरकारले अस्थायी राजधानी सुर्खेतमा तोकेर गल्ती गरेको भन्दै सरकार ध्यानकर्षण चाडै नभए आन्दोलनले उग्र रुप लिने पनि चेतावनी दिए ।

कर्णालीमा थुप्रै सम्भावना भएपनि राजधानी तोक्न सरकारको यथासक्य ध्यानर्कषण नभएकोले हामि सडक देखि सदन तताउने युवा नेता अनुप थापाको भनाई छ । उचित मागको न्यायोचित सम्बोधन नभए क्रमश दिदिनै शसक्त आन्दोलन गरिने कार्यतालिका पनि छ । कर्णालीबासि कुनै पनि हालतमा सुर्खेतलाई प्रदेशको राजधानी मान्न भने, तयार छैनन् ।

कर्णाली प्रदेशको राजधानी कर्णालीमा नभए चरण बद्ध शसक्त आन्दोलनका कार्यक्रम गर्ने समेत चेतावनी दिएका छन् । र्यालीमा सहभागी जुम्लाका उद्योग व्यवसायी, विद्याथी, अभिभावक सबै दलका प्रतिनिधिहरु ६ नम्बर प्रदेशको राजधानि जुम्लामा हुनुपर्ने भन्दै आक्रोसित भएका थिए । तर जारी आन्दोलनले भने आगामि दिनमा उग्र रुप लिने संभावना देखिएको छ ।

आन्दोलनको क्रममा टायर बाल्ने, सडक चक्काजाम गर्ने कालो पट्टी बाध्ने लगागयतका कार्यक्रम रहेका छन् । आन्दोलन नागरिक संघर्स समिति जुम्लाको आयोजना तथा पत्रकार महासंघ जुम्लाको सहकार्यमा शुरु भएको हो । ६ नम्बर प्रदेशको राजधानी माग्दै जुम्ला निकै आन्दोलित भएको छ ।