नन्द बहादुर रोकाया
मुगु । मुगु जिल्लामा दुईजना उम्मेदार वाहेक ८ जना उम्मेदारले मात्रै निवार्चन खर्च बुझाएका छन । गत मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका उम्मेदार गोपाल बहादुर बम र नेकपा मालेका उम्मेदावार सुरबहादुर शाही बाहेका सबै ८ जना उम्मेदारले निर्वाचन खर्च विबरण बुझाएका जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त कार्यलय प्रमुख धनकृष्ण बुढाले बताएका हुन ।
मुगुका उम्मेदवारको खर्च विवरण हेर्दा निर्वाचन आयोगले निर्धारण गरेको खर्चको सीमा भित्रै रहेर उनीहरुले खर्च गरेको देखिएको निमित्त कार्यलय प्रमुख बुढाको भनाइ छ । प्रतिनिधि सभाका उम्मेदवारलाई अधिकतम २५ लाख र प्रदेश सभाका उम्मेद्वारलाई अधिकतम १५ लाख खर्च गर्न पाउने सिमा निर्वाचन आयोगले तोकेको थियो ।
निर्वाचन कार्यालयमा पेश गरेको खर्च विवरण अनुसार निवार्चत भएका बामगठबन्धनबाट प्रदेश सभा सदस्यका ख का उम्मेदार उम्मेदवार नेकपा एमालेका चन्द्र बहादुर शाहीले १४ लाख १६ हजार ७ सया पचास खर्च गरेको पाइएको छ ।
बामगठबन्धनबाटै प्रदेश सभा क मा निर्वाचित उम्मेदवार नेकपा एमालेका दानसिङ परियारले ८ लाख ६७ हजार ५ सय खर्च विवरण पेश गर्नुभएको र प्रतिनिधिसभामा निर्वाचित उम्मेदार गाउपालबहादुर बमले भने आजसम्म खर्च विविरण नबुझाएका जिल्ला निर्वाचन कार्यलय मुगुले जनाएको छ ।
यसै बिच प्रतिनिधी सभामा उम्मेदार बनेका नेपाली कांग्रेशका हस्त बाहदुर मल्लले ७ लाख २३ हजारको खर्च विवरण पेश गरेका छन भने प्रदेश सभा क का काग्रेशकै उमेदवार तिलक बहादुर मल्लले १३ लाख २० हजार निर्वाचन खर्च बुझाएका छन ।
कांग्रेसकै उम्मेदार प्रदेश सभा ख का खड्का बहादुर शाहिले १४लाख ७८ हजारको खर्च विवरण पेश गरेका छन् । यता नयाँ शक्तिका प्रतिनिधि सभा सदस्य उम्मेदवार राज बहादुर भाम ५६ हजार, प्रदेश सभा क का उम्मेदवार हिरामती बिक २२ हजार जनसमाजवादीका धन टमाटा १ लाख ५१ हजार पेश गर्नुभएको छ ।
मुगुमा १० जनाले प्रतिनिधिसभार प्रदेश सभामा उम्मेदारी दर्ता दिईएका भएपनी आज सम्म ८ जनाले निर्वाचन खर्च बुझाएका र बाकी २ जनाले नबुझाएका जिल्ला निर्वाचनकार्यलय मुगुले जानकारी दिईएको छ ।