Loading... 25 May 2018|   शुक्रबार, जेष्ठ ११, २०७५

गठबन्धनको हैन अव एउटै पार्टीको सरकार बन्छ : कंडेल

  |

ads here

सुर्खेत । गठबन्धनको नभई अव एउटै पार्टीको सरकार बन्ने उद्घोष प्रदेश सभाका सांसद् यामलाल कंडेलले बताएका छन् । निजामति कर्मचारी संगठन सुर्खेतले गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै एमाले पोलिटव्यूरो सदस्य कंडेलले अव छिट्टै पार्टी एकिकरण हुने र केन्द्र तथा प्रदेशका सरकारहरु निर्माण हुने बताएका छन् ।

मुख्य निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको भूमिका संकास्पद रहेको भन्दै कंडेलले उनी कसैको इसारामा चलेको आरोप लगाए । ‘कांग्रेस सकिए सकियोस् तर माओवादी र एमालेविचको गठबन्धन कसरी तोड्न सकिन्छ भन्ने धाउन्नमा देउवा लागेको आरोप कंडेलको छ । सिद्धदर्शन दैनिकमा खवर छ ।

केही स्थानीय तहहरुमा कागज मिलाउने गरी काम भइरहेको जानकारी आएको खुलासा गरेका कंडेलले यस्ता काम कारवाहीप्रति आफू कडा रुपमा लाग्ने प्रतिवद्धता जनाए । ‘अन्याय र पिीरमर्का कसैलाई हुन दिन्न तर भ्रष्टाचारीलाई संरक्षण गर्दैन’ कंडेलले भने,–विकासका कामहरुमा कर्मचारी वर्गको सहयोग आवश्यक छ ।’ प्रदेश राजधानी सुर्खेत तोक्नमा कुनै विवाद नभएको पनि उनले स्पष्ट पारे ।

प्रकाशित मितिः सोमवार, पुस २४, २०७४     8:38:14 AM
error: Content is protected !!