सुर्खेत । सम्झौता अनुसार समयमै काम नहुँदा सुर्खेत सिटी बसपार्क निर्माण अलपत्र परेको छ । सम्झौता अनुसार जेठमा सम्पन्न भइसक्नु पर्ने सिटी बसपार्क ठेकेदारको लापरवाहीका कारण अलपत्र परेको खवर हाम्रो अखवर दैनिकमा छ ।
गत असारमा ६ महिना म्याद थप गर्दापनि बसपार्क निर्माण सम्पन्न हुन नसेकेका वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । बसपार्क निर्माणको जिम्मा चाङ्गीला नर्सिङ जेभी काठमाडौंले लिएको थियो । १६ महिनाभित्र काम सम्पन्न गर्ने गरी ६ करोड ८२ लाख ७५ हजार ८८९ रुपैयाँमा चाङ्गीला जेभीले नगरपालिकासंग सम्झौता गरेको थियो ।
०७२ माघ १४ गते भएको सम्झौताअनुसार ०७४ जेठ १४ गते निर्माण सम्पन्न गरेर नगरपालिकालाई बसपार्क हस्तान्तरण गर्ने उल्लेख छ । बसपार्कको ३० प्रतिशत काम अझै बाँकी छ ।
हालसम्म साँवा र ब्याज गरेर नगरपालिकाले ३२ लाख ३७ हजार ८३८ रुपैयाँ नगर विकास कोषलाई तिरिसकेको बताएका नगरपालिका लेखा अधिकृत हरिबहादुर क्षेत्रीले भने,–‘बसपार्क अधुरै छ, ठेकदार सम्पर्कमा छैन् ।
६।६ महिनामा साँवा र ब्याज रकम तिर्दै आएका छौं ।’बसपार्क निर्माणका लागि नगरपालिकाले नगरविकास कोषसंग ७ करोड २ लाख ९६ हजार ४५४ रुपैयाँ ऋण लिएको थियो ।