☰ open Loading... 25 November 2024|  

२९ कृषकलाई बीमा दावी रकम भुक्तानी
  | २४ पुष २०७४, सोमबार १२:३१

नन्द बहादुर रोकाया
मुगु । जिल्लाका २९ जना स्याउ किसानहरुलाई स्याउ खेती बीमा दावी रकम भुक्तानी दिईएको छ । शिखर ईन्स्योरेन्स मुगुमा मौसममा आधारित स्याउ खेती बीमा गरेका २९ जना किसानहरुलाई रकम प्रदान गरिएको हो ।

मुगु जिल्लामा पहिलो पटक ६५ जनाले स्याउ खेतीको बीमा गरेकोमा ४१ जनाले बीमा दावी गरेका थिए । पहिलो चरणमा २९ जनाले बीमा भुक्तानी चेक पाएका छन् भने १२ जनाको दुई साता पछि भुक्तानी पाउने शिखर ईन्स्योरेन्स मुगुशाखाले जनाएको छ ।

भुक्तानी पाउने किसानहरुले बीमा गरे अनुसार २ हजार ९ सय देखि ८ हजार ७ सय सम्म स्याउ किसानहरुले भुक्तानी पाएका छन् भने जम्मा १ लाख ३१ हजार ७ सय उनन्चालिस रुपैया को बीमा रकम भुक्तानी गरिएको बताईएको छ ।

मुगु जिल्लामै पहिलो पटक यसरी कृषि बीमा अन्तरगत स्याउ खेतीको बीमा पाउदा बर्षेनी खडेरी तथा असिना जस्ता प्राकृतिक प्रकोप बाट पीडित किसानहरुलाई साह्रै ठुलो राहत भएको छ छायाँनाथ रारानगरपालिका वडा नं ४ का किसान मणिचन्द्र भामले बताए ।

बीमा गर्न कर्मचारी घरमै आए पछि खै हेरौ न भनेर थोरै विरूवाकाे बीमा गरेका कृषक रकम प्राप्त भएपछि सिङ्गै बगैचाको वीमा गर्न हाैसिएका छन् ।

मुगुमा शिखर ईन्स्योरेन्सले कृषि बीमा पशु बिमाका साथै घर‚ गोदाम‚ पसल‚ सवारीका साधनहरु समेत बीमा गर्दै आएले बिमा गरी आफ्नो सम्पितको सुरक्षा गर्न आग्रह गरेकाे । शिखर ईन्स्योरेन्सले बिगत एक बर्ष देखि मुगुमा निजिवन बिमा गदै आएकाले आपनो सम्पतिको सुरक्षाका लागी बिमा आबश्यक भएकाले बिमा गर्न सकिने कार्यलय प्रमुख रामलक्ष्मी मल्लको भनाई छ ।