दैलेख । जिल्ला निर्वाचन कार्यालय दैलेखले अँझै १७ उम्मेदवारले चुनावी खर्च नबुझाएको जनाएका छन् । प्रदेश र प्रतिनिधिसभा चुनावमा उम्मेदवारले गरेको खर्च विवरण कार्यालयमा नबुझएको कार्यालयले जनाएको हो ।
जिल्लामा प्रदेश र प्रतिनिधि सभा गरेर ३९ जना उम्मेदवारमध्ये १७ जनाले चुनावी खर्च विवरण निर्वाचन कार्यालयमा नबुझाएका हुन् । ३९ मध्ये २२ जना उम्मेदवारले खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
खर्च विवरण नबुझाउने उम्मेदवारले पनि विवरणको फारम लगिसकेको भएता पनि बुभएका छैनन् । चुनावी खर्च विवरण बुझाउने म्याद ५ दिन छन् । पौष २७ भित्र खर्च विवरण बुझाईसक्नुपर्ने प्रावधान छ ।
खर्च विवरण नबुझाउनेहरुको नाम २७ गतेपछि सार्वजनिक हुने जनाईएको छ । निर्वाचन आयोगले प्रतिनिधि सभाका लागि २५ लाख र प्रदेश सभाका लागि १५ लाखसम्म खर्च गर्न पाउने सिमा तोकेको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख भक्तबहादुर कार्कीले २२ जना उम्मेदवारहरुले खर्च विवरण बुझाएपनि १७ जनाले खर्चको फारम लगेको तर खर्च विवरण नबुझाएको जानकारी दिए ।
खर्च विवरण बुझाउनेहरुमा प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवार दिपककुमार शाही, रविन्द्रराज शर्मा, राजबहादुर बुढा, शिवराज जोशी, कृष्णकुमार विसी, धर्मराज रेग्मी, अम्मरबहादुर थापा, जगंतजग थापा, शुसील थापा, दिक्पाल शाही, राजबहादुर शाही, मधुरविक्रम खनाल, जग्यबहादुर शाही, बमबहादुर सिंह, दुर्ग बहादुर मगर, जगतबहादुर वली, किशोरकुमार सिंह, गणेश खड्का लगायत रहेका छन् ।