सुर्खेत । सुर्खेतका अधिकांश सिंहदरबार अर्थात स्थानीय तहहरु भाडामा चलेका छन । नगरपालिका र गाउँपालिकाका कार्यालयहरु जेनतेन भवनमा अटाएका छन् भने निनका अधिंकास वडा कार्यालयहरु भाडामै चलिरहेका आजको सुर्खेत पहिचान दैनिकमा खबर छापिएको छ ।
स्थानीय तहको निर्वाचन भएको लामो समय वितिसक्दापनि रकम अभावको कारणले वडा कार्यालयहरुको भवन निर्माण हुन सकेको छैन ।
आफ्नै भवन नहुदाँ सेवा प्रवाहमा समेत समस्या भएको छ भने भाडामै लाखौँ खर्च गुर्नपर्ने बाध्यता रहेको छ । ९ वटा स्थानीय तह रहेको सुर्खेतमा सबै तहका अधिकांस वडा कार्यालयहरु भाडामा चलेका छन ।
सबैभन्दा पुरानो र सदरमुकामकै सिंहदरबार वीरेन्द्रनगर नगरपालिकाका ७ वटा वडा कार्याालयहरु भाडामा चलेका छन । वीरेन्द्रनगर १, २, ५, ६, ७, ९ र ११ वडा कार्यालयहरु भाडामा चलाउनु पर्ने बाध्यताछ ।
यस्तै वीरेन्द्रनगरसंग जोडिएको लेकवेसी नगरपालिकामा पनि ५ वटा वडा कार्यालयहरु भाडामा चलाउनु पर्ने बाध्यता छ । यस्तै भेरीगंगा नगरपालिकामा ११ वडा कार्यालयहरु, गुर्भाकोट नगरपालिकामा ८ वडा, चिङ्गाड गाउँपालिकामा २ वटा, सिम्ता गाउँपालिकामा २ वटा, वराहताल गाउँपालिकामा ५ वटा, पञ्चपुरी नगरपालिकामा ७ वटा, चौकुनेमा ४ वटा वडा कार्यालयहरु भाडामा संञ्चलान भैरहेका छन् । यी सबै वडा कार्यालयका भवन रकम अभावकै कारणले निर्माण गर्न नसकिएको सम्बन्धीत स्थानीय तहका प्रमुखहरुले बताएका छन ।