Loading... 25 May 2018|   शुक्रबार, जेष्ठ ११, २०७५

डा. केसीको गिरफ्तारी कानुनको नाममा ज्यादतीः नारायणकाजी

  |

ads here

काठमाडौं । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले त्रिवि शिक्षण अस्पतालका प्रा। डा। गोविन्द केसीको गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादती भएको बताएका छन् । अदालतको अवहेलना मुद्दामा डा। केसी पक्राउ परेका छन् । र, उनलाई अहिले सर्वोच्च अदलात उपस्थित गराइएको छ ।

माअ‍ोवादी नेता श्रेष्ठले भने अदालत भगवान नभएको भन्दै मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाउनु गलत भएको बताएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘डा। गोविन्द केसीको रातारात गिरफ्तारी कानुनको नाममा गरिएको ज्यादती हो । अदालतको मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्‍याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’

प्रकाशित मितिः मङ्लबार, पुस २५, २०७४     1:32:41 PM
error: Content is protected !!